जिल्ला सदरमुकाममा कोरोना अस्पताल बनाउन माग गर्दै प्रदर्शन

0
Quantam abroad studies

पंकज ओझा ,जेष्ठ २०
कपिलवस्तु – जिल्ला सदरमुकाम तौलिहवामा ५० सैयाको कोरोना अस्पताल बनाउन माग गर्दै प्रदर्शन भएको छ ।
कपिलबस्तु अस्पताललाई कोरोना अस्पताल बनाउन माग गर्दै स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् ।युवाहरु समाजिक दुरि बनाइ प्ले कार्ड बोकि अस्पतालको गेट अगाडि प्रदर्शन गरेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गइरहेको बेला कोरोना संक्रमितको उपचारका लागि विशेष अस्पताल नहुदा समस्या परेको छ ।यस्तै सासद लगायत सम्बन्धित निकायको प्रयाशमा स्वास्थ्य सेवा बिभागले सदरमुकाम तौलिहवामामा रहेको कपिलवस्तु अस्पताललाई कोरोना अस्पताल बनाउन प्रर्यास गरेको भए पनि अस्पताल प्रशासनले कुनै ध्यान नदिए को भन्दै युवाहरूले प्रदर्शन गरेका छन्।

जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गइरहेको छ तर हाल सम्म उपचारका लागि राम्रो ब्यवस्था हुन सकेको छैन ।भोलिका दिनमा आउन सक्ने भयावह स्थित संग जुध्न र जनताको राम्रो उपचारको ब्यवस्था मिलाउनका लागि कपिलवस्तु अस्पताललाई तत्काल ५० सैयाको कोरोना अस्पताल बनाउन दवाब दिनका लागि प्रदर्शन गरिएको कपिलवस्तु चेम्बर अफ कमर्सका अध्यक्ष गोपि शर्मा ले बताउनु भएको छ ।

sahani furniture udyog

सम्बन्धित निकाय एवं अस्पताल प्रशासनले यश विषयमा गम्भीर नभएको र ध्यान नदिकोले आज दबाब स्वरुप धर्ना बस्न परेको शर्माले थपेका छन् ।

हाल कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३६५ पुगेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.