सप्तरीमा झडप ,१४ सेल आस्रुगेस प्रहार

0
Quantam abroad studies

नवीन यादव ,जेष्ठ २१
सप्तरी- जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटी टोलमा बुधबार जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् ।
दुई पक्षबीच भएको सो झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले १४ सेल अऋग्यास प्रहार गरेको थियो । अहिले सो वडामा स्थिति नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

यता झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो. दिलसाद, मो. नजिम लगायत दुबै पक्षका गरि १५ जना घाइते भएका छन् । हाल सबै घाइतेको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्राप्त घटना विवरण अनुसार एउटै जग्गामा दुई व्यक्तिले आ–आफ्नो दाबी गर्दै साँध छुट्ट्याउन बाँसको खम्बा गाड्न थालेपछि विवाद बढेको हो । एउटाले गाडेको खम्बा अर्कोले उखाल्न थालेपछि विवादले उग्ररुप लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै पक्ष घरेलु हतियार लिएर एकअर्का माथी आक्रमण गर्न सुरु गरेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.