कृष्णनगर नगरपालिकाले किसानलाई ५०प्रतिशत को अनुदानमा १८ क्विंटल हाइब्रिड धानको बिउ बाडदै

0
Quantam abroad studies

शहबाज खान, जेष्ठ २१
कपिलवस्तु – जिल्लाको कृष्णनगर नगरपालिकाले किसान का लागी ५० प्रतिशत को अनुदानमा १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ । कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा मा. वि. मा उक्त विउ वितरण भइ रहेको छ ।
कृष्णनगर नगरपालिका भित्र धान खेती योग्य जमीन ६०० हेक्टेयरको हराहारिमा रहेको छ । २५ कुन्टल धान बीउ नेपालमा पंजिकृत हाईब्रिड बीउ वितरण गर्ने लक्ष्य राखि १८ कुन्टल बीउ मगाई ५०प्रतिशत अनुदानमा वितरण गरि रहेका छन र किसानहरुको माग बढ्यो भने थप बीउ उपलब्ध गराउन जानकारी दिएका छन । किसान को विउ छर्ने बेला रहेकाले उक्त धान वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिप प्रताप मौर्य लेb जानकारी दिए । १८ क्विंटल हाइब्रिड धानको बिउ मा ६४४४ जुन १३५ दिन म तयार हुने ,us ३०५ जुन १२५-१३५ दिनमा तयार हुने र महिको कम्पनीको उपज धान १२० दिन मा तयार हुने खालको जात रहेको छ ।

sahani furniture udyog

कृषि समुह र किसान व्यक्तिगत मार्फत उक्त विउ वितरण र किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गरिरहेको कुरा कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए।
कृष्णनगर नगरपालिका भित्रका कृषक अधिकांश अकाशे पानीको भरमा धान बालीको खेती गर्दै आएका छन।
स्थानिए कृषकको भनाईनुसार कृष्णनगर नगरपालिकाले अनुदानको बीउ वितरणमा ढिलाई भएको छ । अधिकांश कृषकहरुले धान बीउ अवश्यकतानुसार पहिलै खरिद गरि सकेका छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.