तौलिहवा उधोग बाणिज्य संघ द्वारा लकडाउनको मोडेलिटि परिवर्तन गरि ब्यापार ब्यवस्याय संचालनको बाताबरण बनाउन माग

0
Quantam abroad studies

कपिलवस्तु ,जेष्ठ २२
आज ताैलिहवा उधाेग बाणिज्य संघ द्धारा उधाेग व्यापार ब्यवसायलाई संचालनका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापन पत्र बुझाइएको छ । कोभिड – १९ (कोरोना) महामारी बाट विश्व नै पीडित रहेको बेला नेपालमा पनि यस्को रोकथामका लागि बिगत ७२ दिन देखि पूरा देश लकडाउन गरिएको छ । तर उक्त लकडाउनले सबैको उधोग ब्यापार ब्यवसाय बन्द भएको हुँदा ब्यपारी , मजदुर लगायत आम नागरिकले ठुलो आर्थिक मार झेली रहेका छन् । निजि क्षेत्रका ब्यपारीहरुलाई आफ्ना कर्मचारी , मजदुरको तलब , पसल र गोदामको भाडा , बैंक लगायत बितिय संस्थाको किस्ता र ब्याज तिर्न को साथ साथै परिवारको दैनिकी चलयमान गर्न पनि गार्हो भएको हुँदा तौलिहवा उधोग बाणिज्य संघले जिल्ला सिलको निर्णयलाई परिमार्जन गरि सुरक्षित रुपले समाजिक दुरि कायम गरि लकडाउनको मोडेलिटि परिवर्तन गरि आर्थिक गतिविधि चलयमान गर्न सम्पुर्ण उधोग ब्यापार ब्यवसाय संचालनको बाताबरण बनाइ दिन आग्रह सहित जिल्ला प्रशासन लाई ज्ञापन पत्र बुझाइ माग गरेको छ ।

उक्त ज्ञापन पत्र तौलिहवा उधोग वाणिज्य संघका अध्यक्ष गया दिन कुर्मी ( दिपु ) लगायतका अन्य पदाधिकारीहरु जिल्ला प्रशासनम कार्यालयमा गएर सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली लाई बुझाएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.