खाना र औषधि नपाएर कसैको मृत्यु भयो भने जिम्मा कसले लिने सरकार ?

0
Quantam abroad studies

जेष्ठ २२ ।
बिगत ७२ दिनको लकडाउन पछि ब्यवसायीहरुले लकडाउन को बेवास्ता गरि आफ्नो ब्यवसाय संचालन गर्न थालेको प्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले असन्तुष्टि व्यक्त गरेका छन् ।उहाँले आफ्नो फेसबुकमा ब्यपारीलाई प्रश्न गर्दै ” आफू खुशी बजार खोल् कोरोना समुदायमा फैलिए जिम्मेवारी कस्ले लिने ?”भनी लेखेका छन् ।उहाँले सबैलाई यस विषयमा गम्भीर हुन भनेका छन् । साथै उहाँले लकडाउन र क्वारेन्टाइनले गर्दा कोभीड १९ समुदायमा नफैलिएको दाबी गरेका छन् ।
जनताको रित्तिदै गरेको खल्ती र निभ्ने अवस्थामा पुगेको चुल्होले उहाँको स्टेटस पछि समाजिक संजालमा नागरिकले उहाँसँगै प्रश्न गर्न थालेका छन् ।धेरैले प्रश्न गरेका छन् कि लकडाउनको समयमा कोरोना संक्रमण बढेको जिम्मा कसले लिने ? राहत कसले दिने ?बजार ब्यवसाय अस्तब्यस्त हुँदा कर कसले कसरी तिर्ने ? खाना र औषधि नपाएर कसैको मृत्यु भने जिम्मा कसले लिने लिने सरकार ? सरकार असफल भएको हो कि लाचार भनेर लकडाउन खोल्ने पक्षमा धेरैले प्रश्न गरेका छन ।
हामी पनि कपिलवस्तु सदरमुकाम तौलिहवाका केही ब्यापारीसँग मुख्यमन्त्रीको स्टेटसका विषयमा प्रतिक्रिया लिनखोज्दा उहाँहरुले नाम नबताउने शर्तमा केहीले हामीसँग छोटो कुराकानी गरेका छन् ।ब्यापारीहरुले मुख्यमन्त्रीले स्टेटश मार्फत राखेको उहाँको भावनाको सम्मान गर्छौ तर लकडाउन गरि कहिले सम्म बस्ने ?लकडाउन मात्रै बाच्ने आधार हो ? राहत पैकेज के छ त सरकारसँग ? भनी मुख्यमन्त्री प्रति प्रश्न गरेका छन् । लकडाउनले ब्यवसाय चौपट्ट भयो खाना परिहाल्छ,बैंकले ब्याज लिएकै छ ,आखिर हामी मध्यम बर्गीय ब्यापारी कसरी खाने लाउने ??ब्याज कसरी तिर्ने ?? एक जना ब्यपारीले थपे कर्मचारीको तलब आइ हाल्छ, नेताको नि तलब भत्ता पाकेको छ ,पुजीपतीको बैंक बैलेन्स होला तर हामी गरीब र मध्यम बर्गीयहरु के गरौ ?? त्यतिकैमा एक जना ब्यपारीले भनी हाले हामी पनि कोरोना बाट बाच्न चाहन्छौ ,लकडाउन मान्न तयार छौ तर हाम्रो घर खर्चको ब्यवस्थापन सरकारले गरोस् र बैंकको ब्याज मिनाहा गरोस् ।
यसरी आमजनताको प्रतिक्रिया हेर्ने हो भने बैकल्पिक उपाय सहित लकडाउन तोडनुपर्ने अवस्था देखिएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.