खाना र औषधि नपाएर कसैको मृत्यु भयो भने जिम्मा कसले लिने सरकार ?

0
Quantam abroad studies

जेष्ठ २२
बिगत ७२ दिनको लकडाउन पछि ब्यवसायीहरुले लकडाउन को बेवास्ता गरि आफ्नो ब्यवसाय संचालन गर्न थालेको प्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले असन्तुष्टि व्यक्त गरेका छन् ।उहाँले आफ्नो फेसबुकमा ब्यपारीलाई प्रश्न गर्दै ” आफू खुशी बजार खोल्दा कोरोना समुदायमा फैलिए जिम्मेवारी कस्ले लिने ?” भनी लेखेका छन् । उहाँले सबैलाई यस विषयमा गम्भीर हुन पनि भनेका छन् । साथै उहाँले लकडाउन र क्वारेन्टाइनले गर्दा कोभीड १९ समुदायमा नफैलिएको दाबी गरेका छन् ।

जनताको रित्तिदै गरेको खल्ती र निभ्ने अवस्थामा पुगेको चुल्होले उहाँको स्टेटस पछि समाजिक संजालमा नागरिकले उहाँ सँगै प्रश्न गर्न थालेका छन् । धेरैले प्रश्न गरेका छन् कि लकडाउनको समयमा कोरोना संक्रमण बढेको जिम्मा कसले लिने ? राहत कसले दिने ? बजार ब्यवसाय अस्तब्यस्त हुँदा कर कसले कसरी तिर्ने ? खाना र औषधि नपाएर कसैको मृत्यु भने जिम्मा कसले लिने लिने सरकार? सरकार असफल भएको हो कि लाचार भनेर लकडाउन खोल्ने पक्षमा धेरैले प्रश्न गरेका छन ।

हामी पनि कपिलवस्तु सदरमुकाम तौलिहवाका केही ब्यापारी सँग मुख्यमन्त्रीको स्टेटसका विषयमा प्रतिक्रिया लिनखोज्दा उहाँहरुले नाम नबताउने शर्तमा केहीले हामी सँग छोटो कुराकानी गरेका छन् । ब्यापारीहरुले मुख्यमन्त्रीले स्टेटश मार्फत राखेको उहाँको भावनाको सम्मान गर्छौ तर लकडाउन गरि कहिले सम्म बस्ने ? लकडाउन मात्रै बाच्ने आधार हो ? राहत पैकेज के छ त सरकार सँग ? भनी मुख्यमन्त्री प्रति प्रश्न गरेका छन् ।

लकडाउनले ब्यवसाय चौपट्ट भयो खाना परिहाल्छ ,बैंकले ब्याज लिएकै छ , आखिर हामी मध्यम बर्गीय ब्यापारी कसरी खाने लाउने ??ब्याज कसरी तिर्ने ?? एक जना ब्यपारीले थपे कर्मचारीको तलब आइ हाल्छ , नेताको नि तलब भत्ता पाकेको छ , पुजीपतीको बैंक बैलेन्स होला तर हामी गरीब र मध्यम बर्गीयहरु के गरौ ?? त्यतिकैमा एक जना ब्यपारीले भनी हाले हामी पनि कोरोना बाट बाच्न चाहन्छौ ,लकडाउन मान्न तयार छौ तर हाम्रो घर खर्चको ब्यवस्थापन सरकारले गरोस् र बैंकको ब्याज मिनाहा गरोस् ।

यसरी आमजनताको प्रतिक्रिया हेर्ने हो भने बैकल्पिक उपाय सहित लकडाउन तोडनुपर्ने अवस्था देखिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.