त्तम कुमार थापा ,जेष्ठ २३ बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लाभित्र संक्रमितको संख्या ७ पुगेको छ ।
त्यस्तै, बझाङका १ जनाको सुर्खेतमा उपचार भइरहेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र २ जना ४० वर्षिया महिला रहेका छन् ।
उनीहरू मध्ये ५ जना भारतको दिल्लीबाट १ हप्ता अगाडि आएको र १ जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाडौं बाट बझाङ भित्रिएको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. मिलन खड्काले बताए ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ ।