नेकपा महराजगंज अध्यक्ष जयसवालद्धारा स्वास्थ्य समाग्री वितरण

0
Quantam abroad studies

कपिलवस्तु , जेष्ठ २३
कपिलवस्तुको महराजगंज नगरपालिकाको नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष विजय जयसवालले नगरपालिका भित्रका विभिन्न क्वारेन्टाईनमा रहेका १० जना स्वास्थ्यकर्मीहरुलाई पि .पि .ई सेट वितरण गरेका छन । नगरपालिकाले स्वास्थ्यकर्मी हरुलाई सुरक्षा समाग्री नदिए पछि आफुले दिएको जयसवालले बताएका छन । महराजगंज नगरपालिकामा यस्तो विपद्को समयमा पनि पार्टी र गुटको स्वास्थ्यकर्मी हेरिरहेकोले १० जना स्वास्थ्यकर्मी जो अग्रपंक्तिमा काम गरिरहेका छन उनीहरुलाई पिपिई सेट दिएको बताएका छन ।

त्यस्तै नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्ति हरु लाई मस्क , सेनिटाईजर , मच्छारधुप , साबुन र चाउचाउ वितरण गरेका छन । नगरपालिकाको भलवारी , बलरामवापुर , बराईपुर , उदयपुर , कजरहवा र महराजगंज को विभिन्न क्वारेन्टाईमा समाग्री उपल्ब्ध गराएको जयसवाल ले बताएका छन ।अगामी दिनहरुमा पनि स्वास्थ्यकर्मी तथा क्वारेन्टाईनमा यस्तै सहयोग गर्ने बताएका छन । नगरपालिका निरिही रहेको अवस्थामा विभिन्न कार्य आफुहरुले गरिरहेको बताएका छन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.