संस्था द्वारा अग्निपिडितलाई राहत वितरण

0
Quantam abroad studies

नवीन यादव ,जेष्ठ २४

सप्तरी – लकडाउनमा आगलागिको कारण कष्टमा रहेका जिल्लाको छिन्नमस्ता गाउपालिका वडा न. ४ लालापट्टी गाउको अग्निपीडित परिवारलाई राहत वितरण गरेकाे छ। लकडाउनको बेला अचानक अागलागि हुदा स्थानिय कृष्ण मोहन यादवको घर जलेर नष्ट भएको अवस्थामा अग्नि पिडित परिवारलाई धमिृ हल्फा महिला विकास क्लवले राहत स्वरुप त्रिपाल ,झुल ,तन्ना,धोती ,साडी ,कराही ,डेकची ,थाल ,गिलास , लगायतका राहत सामाग्रीहरु वितरण गरेकाे संस्थाका अध्यक्ष , समाजसेवी एव ईन्जिनियर सूर्य नारायण यादवले जानकारि दिनुभयाे ।

sahani furniture udyog

साे राहत वितरणमा छिन्नमस्ता गाउपालिका वडा नं. ४ क वडा सदस्य बीरेन्द्र यादव ,ईलाका प्रहरी कार्यालय सखडाका प्रहरी हवलदार शम्भु साह , बिन्दुल यादव ,बृज लाल यादव गजेन्द्र नन्दी यादव लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । यसअघि पनि क्लवका अध्यक्ष यादवले जिल्लाकाे विभिन्न स्थानमा अागलागि, बाढि र हाति पिडितहरुका लागि नियमित रुपमा निस्वार्थ भावले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गर्दै आइरह्नु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.