चार बुदे अनुरोध सहित वराहक्षेत्र १० लाई कांग्रेसको ध्यानाकर्षण पत्र

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा /बराहक्षेत्र
नेपाली कांग्रेस बराहक्षेत्र १० नम्बर वडा कार्यसमितिले आफ्नो वडाको जनचासोका बिषयहरु समेटेर ४ बुदे अनुरोध सहित १० नम्बर वडाको ध्यानाकर्षण गराएको छ । वडा कार्यसमितिले क्वारेन्टिनको व्यवस्थापन, वडाबासीको स्वास्थ प्रती स्थानीय सरकारले गर्दै आएको काम कार्बाही लगाएत स्थानीय वडावासीको गुनासो समेटेर आइतबार ध्यानाकर्षण पत्र सार्वजनिक गरेको हो।
वडा सभापति तेजबहादुर गुरुङले सार्वजनिक गरेको पत्रमा वराहक्षेत्र १० प्रकाशपुर स्थित प्रकाश माध्यमिक बिद्यालय क्वारेन्टिनको सुरक्षामा अति नै कमजोर अनि अव्यवस्थित रहेको ठहर गर्दै यथाशिघ्र सुरक्षार्थ खटिएको प्रहरीकोको सङख्या २ जनाले मात्र सुरक्षित रहन नसक्ने देखिएकाले हाल सुरक्षामा खटिएको प्रहरीहरु क्वारेन्टिन स्थलको अगाडि पट्टी मात्र रहने र क्वारेन्टिनको पछाडि गेटबाट बाहिर निस्की फेरि क्वारेन्टाइन प्रवेश गरेको पटक पटक क्वारेन्टिनमा भएका व्यक्तिहरु पछाडि वालबाट भाग्न खोजेको स्थानीयहरु को जनगुनासो आएकोले सुरक्षा सम्बन्धि न्युनतम मापदण्ड चाडो भन्दा चाडो व्यबस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।

sahani furniture udyog

त्यसैगरी भारत बाट गाऊ आएको मानिसहरुको जानकारी दिदा पनि क्वारेन्टिन सम्म पुर्‍याउनको लागि कुनै पनि पहल नगरेको देख्दा स्थानीयहरुलाइ त्रास सिर्जना भएको हुदा उचित किसिमको व्यस्थापन गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ , क्वारेन्टिनमा खाजा , खाना बनाउने व्यक्तिहरु पनि तत्काल सुरक्षित तवरले होम क्वारेन्टिनको मापदण्ड पूरा गर्न अनुरोध गर्दै प्रकाश माबिमा हाल बिद्यालय सम्बन्धि गतिबिधि गर्न गराउन निषेध गर्नका लागि पत्रचार गर्न अनुरोध गर्दछ।
सरकारले गरेको लामो समय सम्म लकडाउनका कारण मध्यम बर्गका व्यपारिहरु, निम्न वर्गिय तरकारी कृषकहरु धेरै मारमा परेकाले उनिहरुलाइ उचित किसिमको राहत व्यबस्थापन गर्दै सामाजिक दुरिको मापदण्ड पूरा गर्दे अन्य केही ठाउमा गरिएको जस्तै वडा नम्बर १० मा पनि गर्नुपर्ने आवश्यक रहेको वडा कार्यसमितिको ठहर छ।
पत्रमा उल्लेख गरिए अनुसार आफ्ना कुराहरुलाई गम्भीर रुपमा नलिइ लापरबाही गरेर भोलि महामारी उग्र भए यसको जिम्मेवारी स्थानीय सरकार वराहक्षेत्र १० को कार्यलयले लिनुपर्ने चेतावनी रहेको छ।
आर्थिक बर्ष २०७७/०७८ को बजेटमा पनि उचित किसिमले छलफल नगरेकामा कांग्रेसले वडाको कामको आलोचना समेत गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.