नवलपरासीमा प्रहरी र स्थानीय बीच झडप,६ प्रहरी र ४ स्थानीय घाइते

0
Quantam abroad studies

रबिन्द्र यादव / २५ जेठ
नलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ सँग जोडिएको बसहिया भारत र नेपालको सिमामा स्थानिय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । झडपमा ६ सशस्त्र प्रहरी र चार स्थानिय घाइते भएका छन् ।

स्थानिय एक महिलाले भारत तर्फ बाट खेतलाई हाल्ने मल लिएर आउँदै गर्दा प्रहरी सँग भनाभन गरेपछि अन्य सयबढी स्थानियहरु भेला भएर अस्थायी प्रहरी पोष्ट नै भत्काएका थिए । प्रतिरक्षाका लागी प्रहरीले चार राउण्ड हवाई फायर गरेको शसस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए। घाइते शसस्त्र मध्ये तीन जनाको आँखामा गम्भिर चोट लागेको बताइएको छ। अन्यको निधारमा चोट लागेको छ । स्थानियले गुलेलीमा सिसा राखेर हानेकाले सशस्त्र प्रहरीको टाउको र आँखामा गम्भिर चोट लागेको हो । अहिले घाइतेहरु को पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.