पत्रकारले प्रमुख प्रशासकीय अधिकृतलाई घुषदिन नमानेपछि काटेकाे चेक रद्ध ,,

0
Quantam abroad studies

दोरेन्द्र खड्का बझाङ ,जेष्ठ २५

बझाङकाे दुर्गाथली गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले पत्रकारलाई घुष मागेका छन ।

बझाङकाे दुर्गाथली गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र त्यसै गाउँपालीकाका लेखा अधिकृतले ५० हजारको चेकमा २० हजार घुष मागेकाे हाे ।

जिल्लाकाे स्थानीयतह दुर्गाथली गाउँपालीकाका जनप्रतिनिधि हरुकाे पत्रपत्रिकामा शुभकामना सन्देश धनगढीमा रहेको धनगढी पाेष्ट दैनिक पत्रिकामा दशैकाे शुभकामना छापे वाफतकाे रकम भुक्तानी लिन गाउँपालीकामा पत्रकार उत्तम कुमार थापा र पत्रकार दाेरेन्द्र खड्का गएका थिए । पत्रकार थापाका अनुसार आफु मितिमा २०७७ /१ महिना ३० गते गाउँपालीकामा गएको दिन जनप्रतिनिधि र कर्मचारीहरुकाे बैठक बस्ने प्रकृयामा थियाे बैठक बस्नु अगाडि अाफु पुगेको कारण जनप्रतिनिधिले छपाउन दिएकाे सन्देशकाे भुक्तानी गरिदिन गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायलाई भनेपछि हुन्छ भन्दै उनले लेखापालकाे हातमा पत्रिका सहित विल दिए , तर उनको विपद व्यावस्थापन र राहत सम्वन्धि बैठक भएको हुदा बिहान १० बजे गाउँपालीका पुगेका पत्रकार बेलुकी ५ बजे सम्म कार्यालयमा बसि रहेका थिए ।

उनको बैठक बेलुकी ४:३५ समयमा सम्पन्न भयाे हाकिम र लेखा अधिकृत कार्यालयमा आए , अनि पत्रकार थापाले अाफ्नाे काम गरिदिन अाग्रह गरे, लेखा अधिकृतले काम अगाडि बढाए भाैचर उठाउन थाले र उठाए चेक पनि काटे उनले ४:४५ बजेको समयमा चेक निकाले त्यतिबेला प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय काेठामा गएका रहेछन ।

तर हामीलाई थाहा थिएन ,, लेखा अधिकृतले अाज बैठक भएको हुदा जनप्रतिनिधिले तनाव गरेकाे बताउदै, तपाईंको चेक बनिसकेको छ । तपाईंको खाता भए खातामा हाली दिन्छु नत्र म दुई दिनमा चैनपुरमा अाउन्छु त्यतै दिउला भन्ने कुरा गरेका हुन । त्यति वेला उनी र हामी विच कुरा हुदा हुदै ४:५९ मिनेट समय भएको थियाे घर गएका हाकिमले लेखा अधिकृतलाई फाेन गरेका रहेछन ।

उनले फाेन गर्दा दुवै जना विच के कुरा भयाे हामीलाई थाहा थिएन लेखा अधिकृत दिपक राज पाण्डेल मुसुक्क हास्न थाले हामीले लेखाअधिकृतलाई साेधेका थियौं हाकिमले के भने सर भनेर प्रश्न उठायाै उनले मुसुक्क हास्दै भने,सर तपाईंको चेक त बन्याे अब भन्दै हास्न थाले । हामीले फेरि साेधेका थियाै किन हास्नु भएको सर सिदा भन्नुहाेस न उनले भने अलिअलि दिनु भनेका छन भनेर उत्तर दिए , के हाे सर अलिअलि भनेर फेरि प्रश्न गर्याै ? लेखा अधिकृतले तपाईं सानाे पत्रकार हाे मिलेर काम गर्नु पर्छ हामी परिक्षणकालमा छाै भन्दै मुस्कुराउदै भने पैशा २० हजार चाहियाे भन्ने कुरा गरे हामी अचम्म परेका थियाै ।

हामीलाई लाग्याे कि उनले चेक काटिसकेकाे र भाैचर उठाई सकेको थियाे फेरि अाफैले भाेली चैनपुरमा चेक ल्याईदिने बताएको हुदा पक्कै चेक अाउन्छ भन्ने अाशामा थियाै मिति २०७७ /१ महिना ३० गते काटेको चेक पाच गते सम्म अाएनत हामीलाई जानकारी नै गरेका थिए । सबै काम भएको हुदा चेकमा हस्ताक्षर गर्नमात्र बाकी थियाे।

गाउँपालीका अध्यक्षले काम भयाे कि भन्दा हामीले भैईसक्याे सर भनेर उत्तर दिईसकेका थियाै । चेक काटेको पाचपाच दिन वितिसक्दा पनि केहीसुनुवाइ नभए पछि फेरि पाच गते दुर्गाथली गाउँपालीकामा गयाै हामीले अवत हाम्रो काम भएको हाेला सर चेक दिनुन भन्दा उनले काम हुदैछ तपाईं ढुक्क हुनुहाेस भन्दै घर पठाएको हुन । हामी घर अाएर दुर्गाथली गाउँपालीका अधिकृतलाई चेक बन्याे कि भनेर साेध्दा हुदैन त्याेकाम भन्ने गरेका थिए ।

गाउँपालीकामा २०७७/१/३० गते काटेको चेक २४ गते सम्म हामी सामु नपुग्ने पछि २५ गते हामी गाउँपालीकाका गएका थियाै हाम्रो काम भएकाे छ कि सर अाज सम्म किन चेकमा हस्ताक्षर गरिएन भन्दा तपाईंको काम हुदैन भन्दै चेकमा कालाे कलमले दुई धर्सापारी दिनु भयाे अनि हामीलाई रिस उठ्न थाल्याे कमिसन दिन नमाने पछि काटेको चेक प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले रद्ध गरिदिएका छन । उनले ३० गते चेक काटि दिएको थियाे अध्यक्षले दिएकाे निवेदन बदल्दै ३१ गते भनेर ताेक लगाएको स्पस्ट देखिन्छ पत्रकार बाटै घुष माग्छन हाकिम अरुकाे त कुरै छाेडाै ।

दुर्गाथली गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र लेखा अधिकृत खुलेयाम घुस कमिसन माग्छन उनले पत्रकारलाई सानाे पत्रकार भन्दै घुष मागेका थिए घुस नदिएको कारण भाैचर उठाएर बनिसकेको चेकमा हस्ताक्षर पनि गरेनन चेक साचि रहेको छ । पत्रपत्रिका शिर्षकमा बजेट छुट्याइएको स्पस्ट देखिन्छ । दुर्गाथली गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले कमिसन नदिएको भन्दै केही समय अगाडि १६ लाखकाे सम्झौता पनि रद्ध गरेकाे पाईन्छ । उनिहरु प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र लेखा अधिकृत दुवै नया हुन उनले पहिलाे पहिलो परिक्षणकालमा अलिकति कमाउने धन्दा चलाएका छन ।

हाल दुर्गाथली गाउँपालीकामा प्रमुख प्रशासकीय अधिकृतले सुब्बा भएर बुङ्गलका काम गरेका थिए मैले बुङ्गलमा धेरै यस्ता काम गरेको भन्दै घुष दिएपछि मात्र चेकमा हस्ताक्षर गर्ने बताएका हुन हाताहात घुष नदिएपछि चेकमा कालाे कलमले केरमेट गरेको पाईन्छ । उनलाई गाउँपालीका अध्यक्षले छापेको शन्देशकाे भुक्तानी दिन लेटरप्याडमा निवेदन दिए , तर अध्यक्षले दिएको पत्र च्यात्तिएको पाईन्छ । त्यति मात्र हैन गाउँपालीकामा काेरनाकाे नाममा अाएकाे बजेट हिनामिना हुनथालेको र स्टाेरकिपरलाई कुनै जानकारी नदिएर हाकिमले के के सामान अाएकाे छ केथि थाहा नभएको अहिले सम्म लाखाैकाे सामान किनेकाे तर स्टाेरमा केही जानकारी नभएको।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.