मिडिया नेपाल प्रदेश १ अध्यक्ष द्वारा जन्मदिनको अबसरमा मन्दिर लाइ आर्थिक सहयोग प्रदान

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा / बराहक्षेत्र
बेलका नगरपालिका ३ कालिखोलामा रहेको जिर्णधार राधा कृष्ण मन्दिर ब्यबस्थापनमा मिडिया नेपालका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का अध्यक्ष बिजय कुमार राउतले ५ हजार ५ सय आर्थिक सहयोग प्रदान गरेका छन । उनले बुधबार आफ्नो जन्मदिनको अबसर पारेर उक्त रकम बराबरको चेक मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सुमन सागर खतिवडालाई हस्तान्तरण गरेका हुन।
चेक ग्रहण गर्दै समितिका अध्यक्ष खतिवडाले उक्त मन्दिर ब्यबस्थापनमा अन्य थुप्रै ठाउ बाट सहयोग जुट्दै गइरहेको बताए। उनका अनुसार प्राप्त रकम द्वारा मन्दिरको घेराबारा, रंगरोगनमा लगाइने छ।

sahani furniture udyog

बिगतका जन्मदिनमा बिरुवा रोप्ने , सामाजिक कार्य गर्न रुचाउने राउत आगामी दिनहरुमा समेत यस्तो कार्यमा अग्रसर हुँदै जाने बताउछन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.