काेराेनाकाे नाममा कराेडाे रकम अनियमितता भएको उपप्रमुखले गरिन खुलासा

0
Quantam abroad studies

नबिन यादव , २७ जेष्ठ
सप्तरी – काेराेना भाइरसका कारण अहिले संसार नै त्रसित बनेकाे अवस्थामा सप्तरीको तिलाठि काेइलाडि गाउँपालिका मा व्यापक मात्रामा कराेडाेकाे रकम अनियमितता भएको रहस्य खुलेका छन। काेराेना भाइरसकाे महामारी नियन्त्रणका लागि तिलाठि काेइलाडि गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत समेत मिलेर मनपरि ढंगले कराेडाे रकम अनियमितता गरेकाे अाराेप गाउँपालिकाकि उपाध्यक्ष सुचिता कुमारि यादवले लगाएकी छिन । यस गाउँपालिकाले विकास निर्माणकाे बजेटमा समेत व्यापक आर्थिक अनियमितता गरेकाे अाराेप उपाध्यक्षले लगाएको छ।

sahani furniture udyog

त्यस्तै गाउँपालिकाले अधिकांश विकास निर्माण लगायतका याेजनाहरु गाेप्य सुचना निकालेर विकास निर्माणकाे कार्यमा समेत अार्थिक अनियमितता भएको ठहर उपाध्यक्ष यादवले जारि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै गाउपालिकाले काेराेना नियन्त्रण देखि लिएर अन्य कामकाे लागि समेत करार कमेचारिलाई लाखाे रकम नियम विपरित खर्च गर्न दिने गरेका छन भने ती करार कर्मचारीलाई गाेप्य रुपमा बिना कामको रकम समेत निकासा दिएकाे पाइएको छ । साे बिषयलाइ लिएर पटक पटक अनियमितता राेक्नका लागि लिखित रुपमा उजुरि दिदा पनि गाउँपालिकाले हाल सम्म कुने जानकारि नदिएकाे भन्दे अविलम्ब तीन दिन भित्र आफ्नो जायज मागहरु पूरा नभएको खण्डमा गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी गाउँपालिकाकी उपाध्यक्षले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.