आँखा अस्पताललाई पि.पि.ई. सेट हस्तान्तरण

0
Quantam abroad studies

नबिन यादब , जेष्ठ २८
सप्तरी जिल्लाको राजविराज स्थित सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालयलाई कोभिड–१९ को सुरक्षित उपचार गर्न सहयोग पुग्ने भनी पि.पि.ई.सेट हस्तान्तरण गरिएको छ।
बुधवार नेपाल कम्युनिष्ट पार्टी प्रदेश न.२ को प्रदेश सदस्य महेश प्रसाद यादवले सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालय राजविराजलाई पि.पि.ई. सेट हस्तान्तरण गरेका छन् ।

राजविराज नगरपालिका वडा न.९ को वडाध्यक्ष शम्भु प्रसाद यादव लालीले पि.पि.ई. सेट बाट स्वास्थ्यकर्मीलाई कोरोना महामारी बाट आफु सुरक्षित रहि बिरामीलाई पनि सुरक्षित तरिकाले उपचारमा मदत पुग्ने बताउनु भएको छ ।
साथैै उहाँले बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी बाट वच्न नियमित सावुन पानीले हात धुन ,मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गरी दैनिक काम काज गर्न आग्रह गर्नु भएका छ।

sahani furniture udyog

यसै गरी सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालय राजविराजको ईन्चार्ज डा. राम कुमार झाले लकडाउनको बेला समेत दैनिक ७०-८० वटा सम्म आखाँको विरामीको उपचार गरी रहेको बताउनु भयो । उहाँले विरामीको चाप वढेको कारण सरुवा रोग कोरोना बाट वच्न अस्पताललाई पि.पि.ई. सेट हस्तान्तरण गरेकोमा धन्यवाद दिनु भयो । हस्तान्तरण कार्यक्रममा नेकपाका प्रदेश , जिल्ला, स्थानिय स्तरका नेता तथा कार्यकर्ता,पत्रकार,स्थानियवासी लगायतको उपस्थिती रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.