✍️ अभिषेक तिवारी ,जेष्ठ २९
तराई मधेशको बुझाई- नेपाल को नक्सा संसोधनको पक्ष मा भाग लिदा भारतीय सिमा नाका कडाइ हुने त्राश !
पहाड को बुझाई – हामी समावेसी समानुपातिक लगाएतको माग पुरा गरे बिगत देखि को वर्चस्व गुम्ने त्राश !
यो त्राश को बिचमा कोरोन रुपी त्राश त निकै सानो पो रहेछ हजुर !
यो देशमा ध्रुवीकरण आजको नभएपनि आजको दिन मा सहि तवरले समाधानको अपेक्षा सबैको रहेको छ । सबैलाई बुज्ने, सम्मान र अधिकार दिने साथै किन, कसको लागि र के, कति दिने कुरा समन्वयय गर्नु को साटो मधेस – पहाड को बिचमा रहेको फरक विचारमा एकता तिर लानु भन्दा कुतर्क, घिर्ना फैलाउने र पुरानो सम्बन्ध अझ बिगाड्न कतिले कम्मर कसेको देखिन थालेको छ ।आजको दिनमा तराई / मधेसको जनता पहाड तथा भारत को विचार ,व्यवहार को मुख दर्शक भई अलमलेको अवस्था छ भने पहाड को जनता भारत, चिन , अमेरिका र तराई / मधेश को विचार ,व्यवहार को मुखदर्शक भई अलमले को अवस्था छ ।
यहाँ सवाल यो छ कि राष्ट्रगान मा लेखिएको अग्रगामी देश हाम्रो यसरि नै बन्ने हो त ?
मेरो बुझाइमा यहि निरन्तर रहने हो भने यो देश को बुद्धिजीवी आफै आत्माग्लानी , अपमानित , उत्साह्हिनता को बोध भई अकर्मन्यता तिर लम्किन देर हुने छैन ।जुन यो देश को लागि दुर्भाग्य हुनेछन ।
त्यसैले अविलम्ब सरकार लगायत सबै जना एकजुट, एकमत भई सर्व स्वीकार्य सहितको साझा राष्टियताको माहोल बनावोस अन्यथा ध्रुवीकरण तथा कटाक्ष पूर्ण तर्क जनता बुझिरहेको छ ( बिना लोभ-लाभ को क्रोध हुन्छ ?) जति ढिलो सबै जनता एकमत हुनेछन् त्यति नै नेपाली जनता अल्मलिने , भौतारिने र आफ्नो अग्रगामी कार्य मा पछि परि यो देश लाई छती,र बिदेशी लाई फाइदा हुने देखिन्छ ।
अन्त्यमा नेपालको भुमि, साथ-साथै तराई मधेश को जायज मागको आन्तरिक छलफल बाट तार्किक निस्कर्ष मा पुगी एक साथ संबिधान संसोधन भई देश अग्रगामी को बाटोमा लम्कोश , नेपालको आन्तरिक ब्वास्थापन बाट अंतर् संघर्षले बिराम पाओश र देशले सोचेको फड्को मारोश…सबै मा हार्दिक सुभकामना !