रबिन्द्र यादव / जेष्ठ ३०/नवलपरासी पश्चिम
लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे बन्कटी र बलिनगर नाका बाट र प्रतापपुर गाउपालिकाको बैदोली ,धरमौली लगायत नाकाहरू बाट लकडाउन हुनु देखि सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट ( बिअोपी ) प्रतापपुर गाउँपालिका – ६ गुठी प्रसाैनीले नेपाल- भारत भित्र्याउनको लागि मल , केरा बालिमा छर्ने बिषादी अौषधी ,रक्सी ,लत्ताकपडा लगायत करिब तीन लाख पचिस हजार बराबरको मालसामान दशगजाको छेउबाट नियन्त्रणमा लिइ भन्सार पठाएको छ । सिमामा तस्करहरूले तस्करी गराउन को लागि बालबालिक , महिला समेत प्रयोग गरिरहेका छन् । सिमामा सशस्त्र प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका थिए ।
सकृ बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले उक्त मालसामान नियन्त्रणमा लिन सफल भएका हुन ।
नियन्त्रणमा लिइएकाे मालसामान स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा राखी भन्सार कार्यालय महेशपुर पठाईएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।