नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा पहिलोपटक ६ जनामा कोरोना पोजिटिभ

0
Quantam abroad studies

रबिन्द्र यादव / जेष्ठ २९ नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार धुलिखेल अस्पतालमा भएको पिसिआर परिक्षणको क्रममा ६ जनामा संक्रमण पुष्टि भएको सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाले जानकारी दिनु भएको छ । मेयर थापाका अनुसार संक्रमित सबै पुरुष छन् । संक्रमित सुनवलको वडा नम्बर १३ का २२ र २८ वर्षका दुई जना, वडा नम्बर १२ का ३९ वर्षका एक जना, वडा नम्बर ९ का २२ वर्षका एक जना, वडा नम्बर ४ का ४५ वर्षका एक जना रहेका छन् । अहिले सबै जना सामुदायिक क्वारेन्टाइनमा रहेको थापाले जानकारी दिए । एक डेढ घण्टा भित्र वडा नं १ मा २५ सैयाको नव निर्मित अाईसोलेसनमा राखिने छ ।

उनिहरु सबै जना भारत बाट आएका थिए । सुनवल नगरपालीकाले आफै भिटिएम खरिद गरेर १ सय ४३ जनाको स्वाब संकलन गरि पठाएकोमा ६ जना बाहेक सबैको रिपोर्ट नगेटिभ आएको छ । संक्रमितको स्वास्थय अवस्था समान्य रहेको अात्तिनु नपर्ने सुनवल नगरपालिका मेयर थापाले बताएका छन् । उनिहरुलाई सुनवल नगरपालीकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा राखिने भएको छ । यस संगै जिल्लामा कोरोना संक्रमितको सङख्या ४४ पुगेको छ । सुनवलमा भने पहिलो पटक कोरोना देखिएको हो । संक्रमण भेटिएका नवलपरासी पश्चिमको स्थानिय तह मध्ये सुस्तामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.