कपिलवस्तुको तौलिहवामा सरकार विरुद्ध युवाहरू द्वारा प्रदर्शन

0
Quantam abroad studies

पंकज ओझा , जेष्ठ ३०
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडि आज युवाहरू ले सरकार विरुद्ध चर्को नाराबाजी गरि प्रदर्शन गरेका छन् । सरकार कोरोना महामारी रोक्न असफल रहेको भन्दै सरकारले कोरोना महामारी रोकथामका लागि स्वास्थ्य र राहात लगायतका कार्यमा खर्च गरेको १० अर्ब रुपैयाको हिसाब मागेका छन् ।सरकारले १० अर्ब कोरोना रोकथामका लागि खर्च भएको बताए पछि विभिन्न पार्टीका केन्द्रिय नेता देखि स्थानीय स्तारका कार्यकर्ताले हिसाब माग्न थालेको जग जाहिर छ । यसै क्रममा सरकारले कोरोना रोकथामका लागि आवस्यक कदम नउठाएको , कोरोना परिक्षणको दायर कम गरेको र बिना लक्षण वाला संक्रमितलाइ पुन परिक्षण नगरि घर पठाउने लगायतको कार्य प्रती ठाँउ ठाँउ मा बिरोध प्रदर्शन हुन थालेको छ ।

यसैक्रममा आज कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा मा पनि युवाहरू द्वारा शान्ति पुर्ण प्रदर्शन गरिएको छ। आज दिउँसो चर्को घाम र गर्मीका बाबजुद दर्जनौं युवाहरु हातमा प्ले कार्ड बोकि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।समाजिक दुरि कायम राखी धर्नको बेला सरकार विरुद्ध युवाहरुले चर्को नाराबाजी गरेका छन् ।उक्त कार्यक्रम ने .बि . संघका नेता राकेश पाण्डे , प्रकाश घिमिरे , जसपा का युवा नेता रजनिस पाण्डे , सन्दीप चौधरी ,मनोज पाण्डे ,धिरेन्द्र उपाध्याय,सिद्धर्थ शाक्य लगायतका युवाहरूले गरेको उक्त प्रदर्शन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

मिडिया संगै बोल्दै युवा नेता प्रकाश घिमिरेले उखान टुक्काले देश नचलने बताउनु भएको छ भने कोरोना महामारी रोकथाममा खर्च भएको भनिएको १० अर्ब रुपैयाको हिसाब सरकारले जनतालाइ दिनु पर्ने माग राखेका छन् । यसैक्रममा युवानेता राकेश पाण्डेले सरकारको लापरवाहीले देशमा कोरोना महामारीले ठुलो रुप लिन सक्ने भनी सरकारको आलोचना गरेका छन् ।

sahani furniture udyog

यसैगरी सरकारले देशमा कोरोना महामारी रोक्न असफल रहेको र सरकारले आफ्नो असफलता लुकाउन देशमा सम्प्रादायिक भावनालाई बढावा दिई खोक्रो रास्ट्रबादको नारा लगाउन र भ्रस्टाचार गर्न ब्यस्त रहेको भनी युवा नेता रजनिस पाण्डेले आरोप लगाएका छन् ।

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला सदरमुकाम तौलिहवामा कोरोना अस्पताल बनाउने माग बढे संगै आजको यस प्रदर्शनमा पनि कोरोना अस्पताल बनाउने मुद्दा युवाहरूले उठाएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.