क्वारेन्टाइनको नाममा थोत्रो सामन प्रयोग गर्ने बाध्य बिहादी २ बर्राचौरका बासिन्दा

0
Quantam abroad studies

अमृत भट्टराई , बिहादी/ पर्वत

यदि बेला विश्वभर फैलिएको कोरोनाका कारण नेपालमा पनि सात हजार भन्दा धेरै जना संक्रमित भएका छन् भने २० जनाले ज्यान गुमाएका छन् । सरकारले कोरोना रोकथाम र क्वारेन्टाइन व्यवस्थापनका लागि भन्दै १० अर्ब खर्च गरिसकेको छ । तर गण्डकी प्रदेशको पर्वत जिल्ला बिहादी गाउँपालिका २ बर्राचौरमा भने भारत तथा तेस्रो मुलुक बाट आएका लाई राख्ने कुनै खालको व्यवस्था नभएको पाइएको छ । बर्राचौरमा हाल भारत बाट आएका तीन जना छन् ती मध्य एक महिला छन् दुई पुरुष छन् ।

sahani furniture udyog

महिला लाई बर्राचौर वडा कार्यलयले निर्माण गरेको आम्बारी माविमा राखिएको छ भने दुई पुरुषलाई बर्राचौरको नौनादीमस रहेको एउटा पुरानो घरमा राखिएको छ ।
आज सामाजिक सञ्जालमा दुखेसो पोख्दै बिहादी दुई बर्राचौरका युवा प्रेम नेपाली ले भन्ने हामी भारत बाट पर्वतको कुश्माको क्वारेन्टाइन आएपछि मैले हाम्रो बर्राचौरका वडा अध्यक्षलाई फोन गरि हामी आएका छौँ क्वारेन्टाइन को व्यवस्था गर्नुहोला वडामा भनेर भनेपछि वडा अध्यक्ष ले पनि वडामा क्वारेन्टाइनको कुनै समस्य नहुने बताएको नेपाली बताए ।

उनीहरू आज कुश्मा बाट बर्राचौरको क्वारेन्टाइन मा आउदा सबै पुराना र थोत्रा सामाग्री भएको एउटा घरमा वडाले राखेको बताए । नेपाली सँगै रहेका आर्को युवाले भने यो चिसो भइमा पुवालैपुवाल परेको त्रिर्पाल र थोत्रा गुन्द्री पाएको छु अब यसमा कसरी बस्ने हो समस्य हुने बताएका छन् । उनले भने अब यहाँ कोरोना होइन यो व्यवस्थापनले गर्दा अरुनै रोग लागेर मृत्यु होला जस्तो छ भनेका छन् ।
बर्राचौर वडा कार्यलय ले भने खाना को लागि रासन दिएको छ तर बस्नको लागि तेती व्यवस्थापन नगरेको प्रष्ट देखिन्छ ।
अहिले उनले सामाजिक सञ्चालनमा राखेको पोष्ट जताततै भाइरल भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.