![Quantam abroad studies](https://smnewsonline.com/wp-content/uploads/2022/06/Quantum-Studie-1.gif)
रबिन्द्र यादव / असार ५
नवलपरासी – जिल्लाको (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपु गाउँपालिकामा बिहिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका ८ बद्रिघाटका ५० वर्षिय खजन्ती राजभरको घरमै करेन्ट लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार घरको छतमा रहेको टिनमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेको थियो । राजभरलाई करेन्ट लाग्नासाथ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्याइएको थियो । तर उनको मृत्यु भएको घोषणा गरियो । अहिले उनको शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर खुमान्नद पाण्डेले जानकारी दिए ।
![sahani furniture udyog](https://smnewsonline.com/wp-content/uploads/2024/12/38d1039e-38ba-4221-8c89-4a13cceff9f8.jpeg)