सुनसरीमा योग दिवश मनाइयो

0
Quantam abroad studies

गणेश यादव , असार ७
सुनसरी – जिल्ला सदरमुकाम इनरुवा सहित विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी छैठौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । आईतबार योग दिवसको अवसर पारेर इनरुवामा योगाभ्यास कार्यक्रम तथा योग गरौ निरोगी रहौ सन्देश उल्लेख गरिएको टि सर्ट वितरण गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको आयोजनामा जिल्ला स्तरीय कार्यक्रम गरि योग दिवश मनाईएको हो । सम्पन्न भएको सो कार्यत्रममा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी, इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेल , आयुर्वेद स्वास्थ्य प्रमुख डा. सूर्य नारायण मेहता , वरिष्ट कविराज मुकेश कुमार सिंह, करुणा समाजका अध्यक्ष माधव आचार्य , दिनेश पोखरेल , कुमार शर्मा र योग प्रशिक्षक गहेन्द्रचन्द्र ढुगेंल सहितको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि भण्डारीले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँ र घरघरमा गर्न जरुरी रहेको बताउनुभयो । साथै उहाँले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले यसमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । वहाँले सरकारले दिवसको रुपमा मनाउने गरेको र यसलाई घरघरमा पनि लान आवश्यक भएको बताउनुभयो ।

कोरोना कहरको बीचमा शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको र यसलाई अझै प्रचारप्रसार गर्न जरुरी रहेको इनरुवा उपप्रमुख जमुना गौतम पोखरेलले बताउनुभयो । योगले धेरै रोग लाग्न बाट जोगाउने भएकाले संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको वहाँको भनाई छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.