पर्वत , स्याङ्जा र गुल्मीको संगम स्थल सेदिवेणीमा रहेको शिला शालिग्राम क्षेत्र डुबानमा परेको छ

0
Quantam abroad studies

अमृत भट्टराई
पर्वत – जिल्लाको बिहादी गाउँपालिका स्याङ्जाको गल्याङ्ग नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाको संगम स्थल सेदिवेणीमा रहेको शिला शालिग्राम क्षेत्र डुबानमा परेको छ ।
कालीगण्डकी नदी र सेती खोलामा आएको बाढीले स्याङ्गजा, पर्वत र गुल्मीको संगम स्थल सेदिवेणीमा रहेको विश्वविराट शिला शालिग्राम क्षेत्र डुबानमा परेको छ । शुक्रबार राति देखिको अविरल वर्षाको कारणले कालीगणडकी नदी र पर्वतको पैँयू हुदै बहने सेती खोलामा पानीको सतह अत्याधिक वृद्धि भएको छ ।

नजिकै स्याङ्जाको मिर्मिमा रहेको कालीगण्डकी जलविद्युत आयोजना सञ्चालनमा आएपछि त्यस यता प्रसिद्द शिला शालिग्राम क्षेत्रले डुबानको समस्या झेल्दै आएको छ भने सँगै रहेको सेतिबेणी बजार पनि डुबानको उच्च जोखिममा रहेको छ । स्थानीयलाई सुरक्षीत र सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।

शिला पर्वत को बिहादी , गुल्मीको कालीगण्डकी र स्याङ्जाको गल्याङ्ग नगरपालिकामा अवस्थित छ । यहाँ विभिन्न देश बाट हिन्दु धर्मावलम्बी स्नान गर्ने आउने गरेकोे पाइन्छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.