वित्थडचिर गाउँपालीकामा युनिसेफले स्वास्थ्य सामाग्री सहयाेग,

0
Quantam abroad studies

उत्तम कुमार थापा , असार ६

बझाङ – जिल्लाकाे वित्थडचिर गाउँपालीकामा युनिसेफले स्वास्थ्य सामाग्री सहयाेग गरेको छ ।

गाउँपालीकाले काेरना भाईरसबाट बच्नकाे लागि गाउँपालीका मा आसाेलेसन व्याड तयारी गर्ने याेजना बनिसकेपछि युनिसेफले विभिन्न स्वास्थ्य सामाग्री स्वास्थ्य शाखालाई हस्तान्तरण गरेकाे हाे । जिल्लाकाे पहिलाे खुटकिलामा पर्ने वित्थडचिर गाउँपालीकालाई युनिसेफले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछि सबैमा खुसियाली छाएकाे थियाे ।

युनिसेफले एक कार्यक्रमका विच आज ब्लेङ्केट कम्बल ५० पिस, त्रीपाल ५० पिस, ब्लिचिङ पाउडर २५ किलो,साबन ५०० पिस, डस्टबिन ६ पिस, स्वछता सामग्री ५०, प्लास्टिक बाल्टी २० पिस, जग २० पिस , सेनेटाइजर २० पिस, पन्जा ३०० पिस गरि विभिन्न स्वास्थ्य सामाग्री गाउँपालीका स्वास्थ्य शाखा सहसँयाेजक कर्ण धामीलाई अम्बा दत्त अवस्थी बाँस कोर्डिनेटरले हस्तान्तरण गर्नुभएको जनाएको हाे ।

यसरी गाउँपालीकालाई काेभिड १९ अर्थात काेरना भाईरस बाट बच्नकाे लागि सामाग्री वितरण गर्दा जनसमुदाय लाई ठुलाे राहत पुगेकाे छ भने , गाउँपालीकाले निर्माण गर्ने आईसाेलेसन व्याड लाई पनि पत्यक्ष सहयाेग पुग्ने अवस्थिले बताएको छ । उनले भने जयपृथ्वी नगरपालिकामा पनि सहयाेग गरिने उनकाे भनाइ छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.