जनकल्याण साकोसद्धारा आगामी वर्षको निति कार्यक्रम तथा बजेट माथिको अन्तरक्रीया सम्पन्न

0
Quantam abroad studies

नवलपरासी पश्चिम , असार ६
बर्दघाट ९ भानुनगरमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को निति तथा बजेट निति कार्यक्रम तथा बजेट माथिको अन्तरक्रीया सम्पन्न गरेको छ। सस्थाले आज एक कार्यक्रमका बिच सस्थाकै सभाहलमा गरेको कार्यक्रममा सदस्यता वृद्धिमा २५ प्रतिशत र वसलातमा २० प्रतिशत वृद्धि गरीने निति लिएको अध्यक्ष डिक बहादुर पाण्डेले बताउनु भयो । उहाका अनुसार सस्थाले हाल कायम रहेको सस्थाको शेयर पुजि ३ करोड १७ लाख लाइ वृद्धि गरी ५ करोड मा पुर्याइने छ भने यस वर्ष बालवालीकालाई केन्द्रीत गरी कोपिला बचत खाता सञ्चालन गरी १ सय २५ जना बालबालीकाहरुलाई सदस्य बनाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा चालु आर्थिक वर्ष २०७६÷०७७ को जेष्ठ मसान्त सम्मको समिक्षा र आगामि आर्थिक वर्षको बजेटको प्रस्तुती सस्थाका व्यवस्थापक यमलाल खरेललेगर्नु भएको छ । भने आगामी आर्थिक वर्षको निति कार्यक्रमको प्रस्तुति सह व्यवस्थापक बिमल चन्द्र घिमिरेले गर्नुभएको छ । सस्थाका अध्यक्ष डिक बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य प्रकाश न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा सस्थाका सञ्चालक समितिका सदस्यहरु , पुर्वअध्यक्षहरु , लेखा सुपरिवेक्षण समितिका सदस्यहरु , शिक्षा समितिका सदस्यहरु , ऋण समितिका सदस्यहरु , महीला परिचालन समितिहरु , कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.