बुहारीलाई ७ बर्षपछि मात्र नागरिकता दिने व्यवस्थाकाे विरुद्ध नवलपरासीमा विरोध प्रदर्शन

0
Quantam abroad studies

नवलपरासी – बुहारीलाई ७ बर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टी जनाउदै जनता समाजवादी पार्टी नवलपरासी पश्चिमले विरोध प्रदर्शन गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको उक्त व्यवस्था मधेशी जनताको हकमा नरहेको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै पार्टीले जिल्लामा विरोध प्रदर्श गरिएको हो ।

नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले ७ बर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्थालाई नेकपाको सचिवलय समितिले समेत समर्थन निर्णय गरिसकेको र राज्य व्यवस्था तथा शुसासन समितिबाट उक्त नागरिकता विधेयक बहमुतले पास समेत भैसकेको अवस्था छ । जसपा नवलपरासी पश्चिमले सोको विरुद्धमा विरोध प्रदर्शन गर्दै उक्त निर्णयलाई तत्काल सच्चाई पुरानै व्यवस्था कायम गर्न जोडदार माग गरेको छ ।

पार्टीका जिल्ला नेता मुकुरजी गिरीको नेतृत्वमा लोकतान्त्रिक चोकदेखि निक्लेको विरोध र्याली बुद्धचोक हुदै जिल्ला प्रशासन कार्यालय पुगेर पुनः बुद्धचोक स्थित कोणसभामा परिणत भएको थियो । र्यालीमा विभिन्न नारासहित प्लेकार्ड बोकी सरकार तथा नेकपा विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको थियोे । युवाहरुले भारत तथा तेस्रो मुलुक बाट विवाह गरेर ल्याउने श्रीमतीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हटाउई तत्काल नागरिकता दिने व्यवस्था लागु गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको जिल्लाका युवा नेता नगेन्द्र अग्रहरीले बताए ।

सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिला माथि अन्याय गर्न लागिएको उनको भनाँइ छ । ‘महिला माथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध बिगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ महिला माथि अत्यचार बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड सहित पार्टीका नेता कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । कोणसभामा जसपाका केन्द्रिय नेता तथा पुर्व सांसद गोविन्द चौधरी , पुर्व सांसद चिनक कुर्मी, जिल्ला नेता धरेन्द्र यादव , पुरन चौधरी , मुन्ना गुप्ता, सत्रजित यादव, अमिरुल्लाह मिँया, चन्द्रभुषण पाठक, युवा नेता नगेन्द्र अग्रहरी सुनिता काफ्ले लगायतले मन्तब्य राखेका थिए ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.