कृष्णनगर न.पा.ले पशुपालकलाई ब्यवसायिक बनाउदै

0
Quantam abroad studies


निरहु यादव , असार ८ ,
कृष्णनगर नगरपालिकाले परम्परागत गर्न पशुपालन गरिरहेका किसानहरूलाई ब्यवसायिक बनाउनेतर्फ अघि बढीरहेको छ । सोही क्रममा आज पशु सेवा शाखाले सुचिकृत रहेका किसानहरुलाई प्रोत्साहन गर्न पशुहरुको स्वस्थबर्धक पौष्टिक मिनिरल ब्लक , आन्तरिक परिजीबी नियन्त्रण गर्ने औषधि र दुध उत्पादन बढाउने क्याल्सियम वितरण गरेको छ । यो बर्षमा पशु बिमा गराइ तिरेको बिमाशुल्कको आधा रकम यहीँ महिनामा किसानलाई भुक्तानी गर्ने योजना रहेको र यो कार्यक्रम लगायत गोठ सुधार , नश्ल सुधार कृषकलाई ब्यवसायिक तालीमलाई निरन्तरता दिने मेयर रजत प्रताप शाहले बताउनुभयो । किसानलाई घासमा आधारित पशुपालन गरि ब्यवसाय गर्न अनुरोध गर्नुको साथै , आउने आर्थिक बर्षमा नगरपालिकाले किसानको उत्पादित दुध बजार भाउ दिनको लागि दुध संकलन केन्द्र स्थापना गरिने प्रतिबद्धता समेत दिनुभएको छ ।
आ.वा.२०७६/७७ अनुसार कृष्णनगर नगरपालिकामा ५८०० भैसी , गाई १२६५ र बाख्रा ९००० रहेको र अहिले यो ५% थप समेत हुन सक्ने अनुमान गरिएको पशु सेवा शाखाका प्रमुख धनई प्रसाद यादवले बताएका छन । यस बर्ष नश्ल सुधार कार्यक्रम अन्तरगत २४८ पशुमा कृत्रिम गर्भधान गरिएको र यसलाई अझै बढाउने पशु बिकास अधिकृत धनेश्वर खनालले बताउनुभएकोछ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.