कपिलवस्तुमा नागरिता विधेयक विरुद्ध जनता समाजबादीको प्रदर्शन

0
Quantam abroad studies

कपिलवस्तु , असार ७
चन्दौटा – सरकारले ल्याउन लागेको नागरिकता बिधेयक विरुद्ध जनता समाजवादी पार्टि शिवराज नगर कमिटिले प्रदर्शन गरेको छ । मधेशी समुदायलाई लक्षित हजारौं बर्ष देखि कायम रहदै आएको भारतसँगको रोटीवबेटीको सम्बन्धलाई समाप्त गर्न पूर्वाग्रही भावनाले षड्यन्त्रकारी विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

जनता समाजवादी पार्टि शिवराज नगर कमिटीको आयोजना मा भएको विरोध कार्यक्रममा नगर कमिटी अध्यक्ष कृष्ण कुमार चौधरीले सरकारले ल्याएको विधेयकले अन्य मुलुकमा विवाह गरी नेपालमा बुहारी बनाउदा नागरिकता लिन ७ बर्ष प्रतीक्षा गर्नुपर्ने विधेयक ल्याउन लागेकोले सो विधेयकको विरुद्ध जनता समाजवादी पार्टी निरन्तर आन्दोलनमा उत्रनुपरेको बताए ।


सरकारले ल्याउन लागेको विधेयकले मधेशी समुदायको पहिचानलाई समाप्त गरि हरेक क्षेत्रमा पछाडि पार्न खोजिएकोले सो विधेयक सरकारले खारेज गर्नैपर्छ , खारेज नभए यसको परिणाम भयावह पनि हुनसक्छ ।हामी अब ठुलै आन्दोलन गर्ने चौधरीले बताए । सोही पार्टिका प्रदेश ५ सदस्य तथा युवा नेता रहिस शाहले विधेयक लैङ्गगिक विभेद गरेको र समानताको हकबाट समेत बाझिएकोले यो विधेक आफ्नो पार्टिलाई कुनै पनि हालतमा स्वीकार्य नहुने र सरकारले जर्वजस्ती यो विधेयक ल्याए देशमा ठुलो बिद्रोह हुने बताए ।


उक्त कार्यक्रममा युवा नेता सतिश चन्द्र गुप्ता, मेहनाज खान, प्रभु यादव , नसीम अहमद , परास केवट , शाह नवाब, रसिद खान, अरुण मिश्रा लगायत जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.