“लकडाउन”

0
Quantam abroad studies

महामारीबाट सुरक्षित हुन लकडाउन
प्रत्येक्ष युद्धमा विजय हुन लकडाउन
अदृश्य शत्रुबाट जोगिन लकडाउन
अँध्यारोबाट प्रकाशमा आउन लकडाउन

मजदुरको रोजीरोटी खायो लकडाउन
भोकभोकै बाँच्न बाँध्य बनायो लकडाउन
बाटोघाटो सुनसान बनायो लकडाउन
स्कुल कलेज बन्द गरायो लकडाउन

पंक्षीचरी स्वतन्त्र बनायो लकडाउन
मानवलाई परतन्त्र बनायो लकडाउन
मँहगाइको मौषम ल्यायो लकडाउन
चाडवाड बिर्सन लगायो लकडाउन

पढ्नेलाई छैन कही कतै लकडाउन
सिक्नेलाई छैन कही कतै लकडाउन
सिर्जनाको लागि छ‌ैन कुनै लकडाउन
कल्पनाको लागि छैन कुनै लकडाउन

वातावरण स्वच्छ बनायो लकडाउन
नदीलाई निर्मल गरायो लकडाउन
हराभरा जंगल सजायो लकडाउन
कोइलीको मधुर धुन सुनायो लकडाउन

sahani furniture udyog

लोभ लालच ईर्ष्या घटायो लकडाउन
घमण्ड अहंकार मिटायो लकडाउन
हृदयमा प्रेमरस बगायो लकडाउन
मानवताको पाठ पढायो लकडाउन

धनवान् र मालिकपन हटाउन लकडाउन
अक्कडपन पराजीत गर्न लकडाउन
स्वतन्त्र र सिर्जनशील बनाउन लकडाउन
एकताको महत्त्व सिकाउन लकडाउन ।

लेखक : यम बहादुर चालिसे
ठेगाना : गुल्मी हाल भारत चेन्नइ

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.