सम्बन्धित निकायको लापरबाही , जनता सडकमा धान रोपदै

0
Quantam abroad studies

नबिन यादब , असार ९
सप्तरी – जिल्लाको तिलाठी कोलाडी गाउँपलिका वडा नम्बर ८ मा पर्ने सडक बिगत डेढ वर्ष देखि पुर्ण रुपमा जीर्ण रहेको छ भने सडकको स्तरउन्नति र मर्मतमा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीय युवाले उक्त सडकमै धान रोपेर विरोध गरेका छन् । सप्तरी जिल्लाको तिलाठी कोलाडी गाउँपालिकाको तोपा गाउँमा राजविराज हनुमाननगर सडक खण्डमा मंगलबार युवाहरुले रोपाइँ गरि रचनात्मक तरिकाले बिरोध जनाएका छन् ।

सडक पुर्ण रुपमा जिर्ण भएको अरु बेला धुलो र बर्खाको बेला हिलोले यहाँका जनतालाई उक्त बाटो प्रयोग गर्न धेरै दुख भएको छ । अहिले बर्षा याममा सडकमा पानी भरिएको हुँदा खाल्डाखुल्डी पनि नदेखिएकाले दुर्घटनाको सम्भावना उच्च रहेको छ।

sahani furniture udyog

बिगतका दिनमा यस सडकमा धेरै दुर्घटना भएको र जनताले सास्ती भोगनु परेको हुदा पटक पटक सम्बन्धित निकायमा यस सडकको स्तरउन्नति एवं मर्मतको लागि आग्रह गर्दा पनि ध्यान नदिएको हुँदा बाध्य भएर सडकमा रोपाइँ गरि बिरोध जनाउन परेको स्थानीय युवाहरूले बताएका छन् । उक्त सडकमा पानी भरिएको कारण पुर्बी राजबिराज जाने यात्री धेरै प्रभावित भएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.