नागरिकता विधेक विरुद्ध तेस्रो दिन कपिलवस्तुमा बिरोध प्रदर्शन

2
Quantam abroad studies

तौलिहवा , असार ९
सरकारले ल्याउन लागेको नागरिकता बिधेयक विरुद्ध जनता समाजवादी पार्टि कपिलवस्तुले आज तेस्रो दिन सदरमुकाम तौलिहवामा बिरोध प्रदर्शन गरेको छ । पार्टीको तौलिहवा स्थित कार्यालय बाट निस्केका पार्टीका नेता कार्यकर्ताले सरकारले ल्याउन लागेको नागरिकता विधेयक विरुद्ध नाराबाजी गर्दै मंगलबार तौलिहवा बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियोे ।

मधेशी समुदायलाई लक्षित हजारौं बर्ष देखि कायम रहदै आएको भारत सँगको रोटीवबेटीको सम्बन्धलाई समाप्त गर्न पूर्वाग्रही भावनाले षड्यन्त्रकारी विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । कोणसभामा बोल्दै नेता रबिदत्त मिश्रले बर्तमान असफल सरकारले आफ्नो असफलता ढाकछोप गर्न आमजनताको ध्यान मोडन नयाँ राष्ट्रबादको नौटङ्की गरेको र मधेसी समुदायलाई मानसिक तनाव दिएर हाम्रो हजारौं बर्ष देखि परम्परागत रूपमा चलिरहेको रीतिरिवाज , संस्कार ,पहिचान र भारत सँग रहेको रोटीबेटीको नाता माथि प्रहार गर्न खोजेकोले कदापि स्वीकार नहुने बताएका थिए ।

नेता कैलाश अग्रहरीले चीनको इसारामा चलेको यो ओली सरकारले मधेसीलाई राजनीतिक रूपमा कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाउनु भयो ।
अङ्गीकृत नागरिकलाई पहिले नै उच्च ओहदामा पुग्न संबैधानिक रोक लगाइसकेको सरकारले फ़ेरि ल्याउन लागेको विधेयकले मधेशी समुदायको पहिचानलाई समाप्त गरि हरेक क्षेत्रमा पछाडि पार्न खोजिएकोले सो विधेयक सरकारले खारेज गर्नैपर्छ , खारेज नभए यसको परिणाम भयावह पनि हुनसक्छ । हामी अब ठुलै आन्दोलन गर्ने नेता शैलेन्द्र यादवले बताए ।

उक्त कार्यक्रममा जिल्लाका प्रभावशाली नेता रबिदत्त मिश्र, रामबरण यादव , नारायण खनाल , रामप्रकाश चौधरी, शैलेन्द्र यादव , कैलाश अग्रहरी , अब्दुल रसीद खाँ , बजरङ्गी चौधरी लगायत जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु तथा आम जनताको सहभागीता रहेको थियो ।

sahani furniture udyog
  1. A K says

    Nepal government has done nothing wrong to bringing this citizen act of bill,

  2. A K says

    Nepal government has done nothing wrong to bringing this citizen bill

Leave A Reply

Your email address will not be published.