निरहु यादव , असार १०
कपिलबस्तु – सरकारले ल्याउन लागेको नागरिकता बिधेयक विरुद्ध जनमत पार्टि कपिलवस्तुले जिल्ला सदरमुकाम तौलिहवामा बिरोध प्रदर्शन गरेको छ । पार्टीका नेता र कार्यकर्ताहरुले सरकारले ल्याउन लागेको नागरिकता विधेयक विरुद्ध नाराबाजी गर्दै बुधवार तौलिहवा बजार परिक्रमा गरि जिल्ला प्रशासनको अगाडी कोणसभामा परिणत भएको हो।
मधेशी समुदायलाई लक्षित हजारौं बर्ष देखि कायम रहदै आएको भारत सँगको रोटीवबेटीको सम्बन्धलाई समाप्त गर्न पूर्वाग्रही भावनाले षड्यन्त्रकारी विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । कोणसभामा बोल्दै मनोज यादवले बर्तमान असफल सरकारले आफ्नो असफलता ढाकछोप गर्न आमजनताको ध्यान मोडन नयाँ राष्ट्रबादको नौटङ्की गरेको र मधेसी समुदायलाई मानसिक तनाव दिएर हाम्रो हजारौं बर्ष देखि परम्परागत रूपमा चलिरहेको रीतिरिवाज , संस्कार ,पहिचान र भारत सँग रहेको रोटीबेटीको नाता माथि प्रहार गर्न खोजेकोले कदापि स्वीकार नहुने बताएका हुन । उनले आफ्नो मन्तव्यको अन्तिममा “समुदाय र सास्कृति माथि खलल पुग्ने किसिमको कुनै निति,मस्यौदा र बिधेयक आएमा हाम्रो जनमत पार्टी कदापि स्वीकार गर्नेछैन ।”हालमा चीनको इसारामा चलेको यो ओली सरकारले मधेसीलाई राजनीतिक रूपमा कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाउनु भयो ।
अङ्गीकृत नागरिकलाई पहिले नै उच्च ओहदामा पुग्न संबैधानिक रोक लगाइसकेको सरकारले फ़ेरि ल्याउन लागेको विधेयकले मधेशी समुदायको पहिचानलाई समाप्त गरि हरेक क्षेत्रमा पछाडि पार्न खोजिएकोले सो विधेयक सरकारले खारेज गर्नैपर्छ , खारेज नभए यसको परिणाम ठुलो रुपमा भयानक हुनसक्छ । हामी अब ठुलै आन्दोलन गर्ने जिल्ला अध्यक्ष योगेन्द्र चौधरीले बताए ।
उक्त कार्यक्रममा कार्यक्रम संयोजक अजीत सिंह चौहानको सक्रियतामा जिल्लाको सदरमुकाममा बिरोध प्रदर्शन गरिएको हो । ओली सरकारले यस बिषम परिस्थितिमा जनताको सुरक्षा गर्न न सकी उल्टै हामी माथी अन्याय , अत्याचार र दमन गर्ने र मधेशमा मताधिकारमा कटौती गर्न यस्ता बिधेयक ल्याएको जनमत पार्टी र मधेश समार्पित युवा देबेन्द्र मणि त्रिपाठीले आफ्नो मन्तव्यमा बर्तमान सरकारको आलोचना गरेका हुन। बिरोध प्रदर्शनमा पार्टीका नेता राम भवन ,गुरुवर सिंह चौधरी,बीरबल बरई,महेन्द्र चौधरी, हनिफ गद्दी,सत्यजीत चौधरी लगायत कार्यकर्ताहरु तथा आम जनताको सहभागीता रहेको थियो ।