जयपृथ्वी नगरपालिकाकाे छैटौं नगरसभाकाे उद्घघाटन

0
Quantam abroad studies

उत्तम कुमार थापा ,असार १० बझाङ – जउपृथ्वी नगरपालिकाकाे छैटौं नगरसभा आज उद्घघाटन भएको छ । जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा नगरपालिकाकाे नगरसभाकाे उद्घाटन भएको हाे । आर्थिक बर्ष २०७७ / ०७८ काे नगरसभा उद्घाटन कार्यक्रममा मेयर बिरेन्द्र बहादुर खड्का सभा अध्यक्ष उपमेयर जुना जाग्री नगरसभा उपाअध्यक्ष अतिथि पुर्व माननीय अफिलाल अाेखेडा , प्रमुख जिल्ला अधिकारी नगरसभा सचिव नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मगल बहादुर शाहि लगाएत वडा नम्बर १ देखि ९ सम्मका अध्यक्ष सबै जनप्रतिनिधि पत्रकार सञ्चारकर्मीहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा उद्घघाटन भएको नगरसभामा नगरपालिका प्रवक्ता साविता खड्काले स्वागत गर्नुभएको हाे । जसमा नगरपालिका उपमेयर जुना जार्गिले,नगरपालिकाकाे नितितथा कार्यक्रममा बारे जानकारी गराउदै बजेटकाे विषयमा प्रष्ट पार्नुभएकाे थियाे । उपमेयर जार्गिले , अागामि अार्थिक बर्षका लागि बस्ती स्थरवाट याेजना कार्यक्रम तयार भएर वडा समिति बाट याेजना कार्यक्रमहरु प्राथमिककरण भैईअाएकाे बताउदै ,यस बर्षमा काेभिड १९ तथा काेरनामा बजेट लगानि गरेकाे उनकाे भनाइ थियाे । नगरपालिकामा अार्थिक बर्षका लागि रु ७९ लाख ६३ हजार प्रक्षेपण भएको छ । भने स्राेत अनुमान समितिकाे आन्तरीका आय प्रक्षेपण तथा सँघिय र प्रदेश सरकार बाट प्राप्त बजेट बसिलिङकाे दाहेरामा रहि नगरपालिका प्रमुखको सँयाेजकत्वमा रहेको स्राेत अनुमान तथा सिमा निधारण समितिले आगामी आर्थिक वर्षका लागि कुल सिलिङ रु ५२ कराेड ९३ लाख २४ हजार ९ सय ५० निर्धारण गरेकाे हाे ।

जयपृथ्वी नगरपालिकाकाे आव चालू आर्थिक वर्ष समाप्ति हुनै लाग्दा विवरण अनुमान भने ५७ कराेड ६८ लाख ८६ हजार ६ सय ८७ बजेटमा चालुतर्फ खर्च भने ३२ कराेड ३७ लाख ८८ हजार ६ सय पुजिगत तर्फ २५ कराेड ३० लाख ९८ हजार मध्ये चालू तर्फ २४ कराेड ९२ लाख ४८ हजा, पुजिगत ८ कराेड १२ लाख ४ हजार खर्च भई जम्मा रकम ३३ कराेड ४ लाख ५२ हजार खर्च भैईसकेकाे छ । जुन कुल अनुमानकाे ५७.८३ प्रतिशत खर्च हुन आउन्छ ।

आज उद्घाटन भएको नगरसभामा अार्थिक वर्ष २०७७/०७८ काे लागि अनुमानि कुल बजेट ५२ कराेड ९३ लाख २४ हजार ९ सय ५० खर्च हुने अनुमान गरिएको छ । यश मध्ये सघिय सरकार बाट वितिय समानिकरण अन्तरगत प्राप्त १२ कराेड ७२ लाख सघिय सरकार बाट सशर्त तर्फ कुल २५ कराेड ४७ लाख सँघिय समपुरक बाट १ कराेड ३९ लाख सघिय बिशेश अनुदान १ कराेड ६० लाख राजश्व वाडफाड ७ कराेड ८४ लाख ७४ हजार ९ सय ५० प्रदेश सरकार बाट वितीय समानिकरण ६९ लाख ६२ हजार प्रदेश राजश्व १८ लाख ११ हजार प्रदेश सरकारकाे बिशेष अनुदान ७० लाख सम्पुरक अनुदान १ कराेड ५३ लाख १४ हजार छ भने नगरपालिका काे आन्तरिक आयस्राेत तर्फ ७९ लाख ६३ हजार अनुमान गरिएको छ । आगामि आर्थिक बर्षका लागि चालू तर्फ कुल ७ कराेड ८४ लाख ७४ हजार ९ सय ५० प्रस्ताव गरिएको छ ।

आगामि आर्थिक बर्षका लागि कुल पुजिगत खर्च सँघिय वितिय समानिकरण १२ कराेड ७२ लाख सघ र प्रदेश बाट २ कराेड ९२ लाख १४ हजार बिशेष अनुदान २ कराेड ३० लाख प्रदेश राजश्व वाडफाड १८ लाख ११ हजार वितिय समिकरण ६९ लाख ६२ हजार अान्तरिक बचत रकम बाटकाे समेत प्रस्ताव गरिएकाे थियाे । आज प्रतिपक्षीले नेपाली काङ्ग्रेस पनि निकै खुसि देखिएकाे छ । उनले भने जसरी कार्यक्रम तयारी पारीएकाे छ त्यसै गरि अगाडि बढ्न सुझाव दिनुका साथै नगरपालिकाकाे विकासमा सघाउने जनाएको हाे । आजका नगरसभा भने ११ बजेर २० मिनेटमा सुरुभएकाे थियाे नगरसभामा मेयर बिरेन्द्र खड्काले भने सबैले काेरना विरुद्ध लड्नु पर्ने देखिएको हुदा हातेमालो गरेर अगाडि बढ्न अनुराेध गर्दै १३ गते विहान ११ बजे सम्मका लागि बन्द गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मँगल बहादुर शाहीले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.