मधेश ईन्जिनियर्स एसोसिएसनले प्रदेश २ मा कोरोना संक्रमितलाई सहयोग

0
Quantam abroad studies

नबिन यादब ,सप्तरी , असार १०
मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय कार्य समिति द्वारा गरिएको निर्णय अनुसार सप्तरी जिल्ला कार्यसमिति द्वारा राजविराज स्थित साई कृष्ण मेडिकल कलेजमा रहेको अस्थायी कोरोना अस्पतालमा रहेको कोरोना संक्रमितहरु लाई ३६ थान Electric_Jug वितरण गरिएको छ । साथै मधेश ईन्जिनियर्स एसोसिएसन द्वारा गरिएको निर्णय अनुसार पहिलो चरणमा प्रदेश नम्बर दुईको आठ वटै जिल्लामा रहेको कोरोना संक्रमितहरु लाई Electric Jug वितरण गर्ने निर्णय संगै सप्तरी , सिरहा , धनुषा , सर्लाही , रौतहट, बारा र पर्सा गरि हाल सम्म सात जिल्लामा वितरण कार्य सम्पन्न भइसकेको छ।

उक्त कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालको मेसु एवम् साई कृष्ण मेडिकल कलेज अस्थायी कोरोना अस्पताल को प्रमुख डा रंजित कुमार झा को प्रमुख अतिथि सहित न्यूज टुडे को सम्पदक श्यामसुन्दर यादव, ए भी न्यूज को सम्पादक बैजनाथ यादव , माउन्टेन टेलिभिजनको पत्रकार दिवाकर साह, उज्यालोको पत्रकार शुभनारायण यादव, जनता खबर को पत्रकार विधयानन्द राम लगायतका मिडियाकर्मी साथीहरु को उपस्थिति हस्तान्तरण गरिएको छ।

साथै उक्त वितरण कार्यक्रममा मधेश इन्जिनियर्स एसोसिएसनको केन्द्रीय अध्यक्ष ई संजिव नारायण यादव, केन्द्रीय उपाध्यक्ष औम नारायण यादव, केन्द्रीय कोषाध्यक्ष आर्किटेक्ट अन्जु कुमारी यादव , केन्द्रीय सदस्य ई विमलेश यादव, ई लालकृष्ण यादव , बाग्मती प्रदेश को वरिष्ट उपाध्यक्ष ई शैलेन्द्र यादव, बाग्मती प्रदेशको सचिव गणेश यादव, बाग्मती प्रदेशको सदस्य विवेक यादव , सप्तरी जिल्ला अध्यक्ष ई सुधिर कुमार मंडल , सप्तरी जिल्लाको मिडिया संयोजक ई मुकेश कुमार साह , सदस्य ई शैलेन्द्र कुमार मंडल, ई सुर्या शर्मा , विकास राजवंशी, भगवती प्रसाद शर्मा, रमेश कुमार यादव लगायत को उपस्थितमा इलेक्ट्रोनिक जग वितरण कार्यक्रम सम्पन्न भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.