बेलका नगरपालिकाले ल्यायो ७३ करोड ६० लाख ९७ हजार ९१ रुपैयाँको बजेट

0
Quantam abroad studies

उदयपुर ,असार १० सन्तुलित विकास , सम्मानित जीवन, समावेशी पुर्वाधार , प्रविधी तथा वातावरणिय सन्तुलन सहित समाजवाद उन्मुख बेलका नगर” भन्ने मुलनाराका साथ बेलका नगरपालिकाको छौठौं नगरसभा तथा बजेट नीति तथा कार्यक्रम प्रस्तुतीकरण असार १० गते बुधबार सम्पन्न गरेको छ।

बेलका नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा नीति कार्यक्रम बुधबार छौंठौं नगर सभामा पेश गरेको छ । छौंठौं नगरसभाले नगर प्रमुख दुर्गा कुमार थापा द्वारा आर्थिक वर्ष ०७७÷७८ का लागि अनुमानित शसर्त अनुदान तर्फ २३ करोड ५७ लाख गरी ७३ करोड ६० लाख ९७ हजार ९१ रुपैयाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
आम्दानीमा वित्तीय समानीकरणमा १३ करोड २५ लाख रहेको छ । राजश्व वाँडफाँडमा ११ करोड २ लाख ७४ हजार १०० रुपैया रहेको छ । स्थानिय पुर्वाधार बिकास कार्यक्रम १ करोड १५ लाख रहेको छ। यस्तै राजश्व बाँडफाडकै प्रदेश सरकार वित्तीय समानीकरणमा ७४ लाख ३९ हजार अनुमानित बजेट विनियोजन गरेको छ । अनुमानित आन्तरिक आयतर्फ नगरपालिकाले यो वर्ष १२ करोड ७० लाख ३२ हजार ९ सय १२ रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकार सवारी साधन कर बाट ६० लाख ४० हजार रहेको छ । प्रदेश सशर्त अनुदान १ करोड ,प्रदेश समपुरक अनुदान तर्फ ३ करोड , बिशेश अनुदान १ करोड प्रदेश निर्वाचन क्षेत्र बिकास १ करोड २५ लाख विनियोजन गरेको छ ।

यस्तै विकास साझेदारहरु बाट प्राप्त हुने अनुमानित आय १ करोड ९५ लाख ११ हजार ८० रुपैया नगर सभामा प्रस्तुत गरेको छ ।

जनजाति महासंघको भवनमा भएको कार्यक्रमको अध्यक्षता बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले गरेका थिए । प्रमुख अतिथी प्रदेश सभा सदस्य बिमल कार्की , बिशेश अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख खड्ग बहादु परियार , अतिथिमा विभिन्न राजनैतिक दलक नेता , विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

नीति तथा कार्यक्रम प्रस्तुत बेलका नगरपालिकाका प्रबक्ता मोहन प्रसाद घिमिरेले गरेका थिए । नीति तथा कार्यक्रम बिशेश गरि १० वटा प्राथमिकताका आधारमा निर्माण गरेको छ।
१ कृषिको आधुनिकीकरण तथा ब्याबसायिकरण लाई बिशेश प्राथामिकतामा राखेर
२. गुणस्तरीय तथा प्राबिधिक शिक्षा
३. स्वास्थ सरसफाइ पोषण तथा खाद्य सुरक्षा
४. भु-उपयोगिता तथा भुमी ब्यबस्थापन
५. जलस्रोत तथा उर्जा बिकास
६. सूचना प्रबिधि तथा संचारमा पहुँच
७. खेलकुद कला साहित्य सस्कृती,पर्यटन प्रबर्द्धन तथा उद्घम विकास
८. उधम प्रबर्द्धन तथा उधमशिलता विकास सम्बन्धि
९. जलबायु परिवर्तन ,वातावरणिय सन्तुलन तथा जल उत्पन्न प्रकोप नियन्त्रण
१०. आन्तरिक राजस्व अभिबृदी, पुजी निर्माण तथा बित्तीय सुशान
११. भौतिक पुर्वाधार र यातायात ब्यबस्थापन
१२. खानेपानी तथा सरसफाइ सम्बन्धि
१३. महिला बालबालिका आदिवासी,जनजाति पिछडाबर्ग
१४. सेवा प्रवाह प्रशासन तथा ब्यबस्थापन सम्बन्धि
१४ वटा प्राथामिकताका शिर्षकमा रहेर बेलकाको समृद्द र दिगो बिकासमा नीति ल्याइएको बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापाले बताए।
कार्यक्रममा विभिन्न राजनैतिक दलका पाटी प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिले नगरसभा सफलताको शुभकामना ब्याक्त गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बेलकाका प्रबक्ता ललित राईले नगरको निति तथा कार्यक्रम को बारेमा छोटकरिमा प्रतिक्रिया दिदै नीति तथा कार्यक्रमले बेलकाबासि जनताका दुखसुखलाई सम्बोधन गरेको र कार्वन्वयन पछि बेलका वासि जनताले सम्वृद्धिको यात्रामा हामफाल्ने बताउनुभयो ।प्रबक्ता राईले नीति तथा कार्यक्रम बेलका वासिका लागि संजिवनी बुटि हुने दावी गर्नुभयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.