महेश राज कुर्मी , असार ११
कपिलवस्तु – जिल्लाको शिवराज नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।बिहीवार करिब ११-१२ बजेको बिच शिवराज नगरपालिका वडा नम्बर ११ सानो थुनियामा खेतमा काम गरिरहेका बेला अचानक चट्याङ लगेको थियो । स्थानीय ४५ वार्षिया सत्य नारायण कुर्मी लाई चट्याङ लागे पछि उनलाई चन्द्रौटा स्थिति सन्जीवनी अस्पतालमा उपचारको लागिएको थियो । तर अस्पतालमा डाक्टरले चेकजाँच गरे पछि उनलाइ मृत घोषित गरेको थियो।
उनको मृत्यु पुष्ठि भए पछि शिवराज अस्पताल बहादुरगन्जमा पोस्टमार्टम गरि निज कुर्मीको शव परिवारको जिम्मा लगाइएको छ ।