नेश यादव ,असार १५
सुनसरी जिल्ला अदालतमा खटिदै आएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेका छन् । प्रहरी हवल्दार ओमप्रकाश खतिवडा जिल्ला अदालत सुनसरीको ४ नम्वर जिल्ला न्यायाधिश शंकर बहादुर राईको बडिगाडका रूपमा सिविलमा खटिएका सुरक्षाकर्मी हुन् ।
सुनसरी जिल्ला प्रहरी प्रमुख कमल थापाका अनुसार अदालतको छतमा गएर खतिवडाले आफु सँग भएको पेस्तोल बाट आफ्नै कन्चटमा गोली हानेका थिए । दाहिने कन्चटमा गोली हानी गम्भिर अवस्थाका बिच उनलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । गम्भिर अवस्थाका खतिवडाको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । घटनाको कारण भने खुलेको छैन् । सो विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Next Post
- Comments
- Facebook Comments