जग्गाको विषयलाई लिएर मरनासन्न कुटपिट

0
Quantam abroad studies

शुभ नारायण यादव ,असार १६
सप्तरी – जिल्लाकाे राजविराज नगरपालिका नगरपालिका वडा न. १५ देउरि भरुवामा जग्गा सम्बन्धि पुरानाे रिसिबिका कारणले मरनसन्न हुनेगरी कुटपिट भएको छ । स्थानिय स्व. बद्री यादवका छाेरा मनिराज यादव , उनका छाेरा उमेश यादव र श्याम कुमार यादव सहित मिलेर बिना कारण जग्गा सम्बन्धि पुरानाे रिसिभिका कारणले स्थानिय १८ वार्षिय राजु यादवलाई मरनसन्न हुने गरि कुटपिट गरेका हुन । घर बाट भैसी लिएर चराउन घर नजिककाे खाडाे नदि तिर गएकाे बेला अचानक निर्घात कुटपिट गरेकाे पिडितले बताएका छन्। उनिहरुको समूह बिना कारण भैसि चराउन गएकाे बेला अचानक बासकाे लौरा सहितको घरा यसि हतियारले निर्घात कुटपिट गरेकाे पिडितका परिवारजनले बताएका छन्। कुटपिट बाट सख्त घाइते युवककाे हाल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ । यसगरि पिडित पक्षको तर्फ बाट कुटपिट गर्ने माथि काराबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरि दिएको छ।

sahani furniture udyog

यस्तै कुटपिट गर्ने ब्यक्तिहरु अहिले फरार रहेकाे तथा उनिहरु काे खाेजि कार्य तीब्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.