पारिवारिक तनावको कारण प्रहरी हवल्दारले आत्महत्या गरेको खुलासा

0
Quantam abroad studies

गनेश यादव , असार १६
सुनसरी – जिल्ला अदालतमा खटिदै आएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले पारिवारिको तनाव कारण आफुलाइ गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार राति जिल्ला अदालत सुनसरीको छतमा आफैले बोकेको पेस्तोलले कञ्चटमा गोली फायर गरी प्रहरी हवल्दार खतिवडाले आत्महत्या गरेका थिए । ३५ वर्षका प्रहरी हबलदार ओमप्रकाश खतिवडा आइतबार न्यायाधीश शङ्कर बहादुर राई सँग बिदा मागी मोरङ उर्लाबारी नौ दुर्गापुरी घर गएका थिए ।

सोमबार बिहान ११ बजे जिल्ला अदालत सुनसरी आए देखिनै खतिवडा निकै तनावमा थिए । प्रहरी स्रोतको अनुसार ओमप्रकाश खतिवडा को श्रीमती सँग विवाद हुँदै आएको थियो । घटना हुनु केहि बेर अघि खतिवडाले श्रीमती र अर्को एक पुरुषलाई फोन गरेका थिए । फोन राखे बितिकै उनले आफैलाई गोली गोली हानी आत्महत्या गरेका थिए । गम्भिर अवस्थामा रहेका ओमप्रकाश खतिवडालाइ उपचारको लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो । उपचार कै क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानले उनलाई मृत घोषणा गरेको थियो ।

खतिवडा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा दरबन्दी भई विगत ६ महिना देखि न्यायाधीश राईको बडीगार्डको रूपमा कार्यरत थिए । हवल्दार ओमप्रकाश खतिवडाको शव पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको सुनसरी प्रहरीले जनाएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.