अमृत भट्टराई , बिहादी / पर्वत दुई दिन देखिको लगातार बर्षाले गर्दा कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढे सँगै कालीगण्डकी नदी नजिकै रहेका बस्ती र केही धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि डुवानमा परेका छन् । बर्खा लागेपछि कालीगण्डकी नदीमा पानीको बहाव निकै बढ्ने गर्दछ ।
निरन्तर बर्षा भएपछि कालीगण्डकी नदीमा अबस्थित पर्वत को बिहादी गाउँपालिका , गुल्मीको कालीगण्डकी गाउँपालीका र स्याङ्जाको गल्याङ्ग नगरपालीकामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र सेदिवेणी शिला शालिग्राम डुवानमा परेको छ । शिला डुबानमा परेपछि सेदिवेणी बजार पनि बाढीको उच्च खोजीमा रहेको सेदिवेणीमा व्यवसायी गर्दै आउनुभएको बिहादीगाउँपालिका६ सालिग्राम का तिलक पराजुलीले बताउनुभयो । केहीस्थानीय व्यापारी आफ्नो पसल नै छाडेर अन्यत्र गएर बस्न परेको समेत स्थानीय को गुनासो छ ।
स्थानीयका अनुसार यस क्षेत्र वर्षौं देखि डुबानमा परेको र अहिले पनि परेको हो तर डुबान हुदा सबै निकायले चासो देखाए पनि डुबान सकिए पछि केही नियन्त्रणका उपायहरू का लागि कुनै पहल भएको देखिदैन् । यश क्षेत्रमा विभिन्न ठाउँबाट पर्यटन आउने गरेको पनि पाइन्छ तर ५ वर्ष अगाडि आएको कालीगण्डकीको बाढीले भत्काएको शिला अझै निर्माण गर्ने केही सुरसार नदेखिदै फेरि शिला डुवानमा परेको स्थानीय बाबुराम न्यौपानेले बताउनु भयो । यो सँगै यो सालमा दुईपटक शिला शालिग्राम डुवानमा परिसकेको छ । यहाँ विशेष गरी हिन्दु धर्मावलम्बी स्नानका लागि आउने गरेको पाइन्छ ।