पर्सा , असार २७
नेपाल बिश्व हिन्दु महासंघ जिल्ला कार्य समितिको पर्साको आयोजनामा भएको बिरोध कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । पाकिस्तानमा हिन्दुहरु माथी पटक पटक भैरहेको अत्याचार सर्बबिधितै छ । यसै क्रममा पाकिस्तानको राजधानी इस्लामाबादमा निर्माण भइरहेको पहिलो हिन्दु मन्दिरलाइ त्यहाँका कट्टरपन्थी मौलबीले फतवा जारी गरि मन्दिर निर्माण कार्यलाइ रोक्न माग गरेका थिए । त्यस पस्चात त्यहाँ ईस्लामिक देशमा हिन्दु मन्दिर बनाउन पाइदैन भन्दै चर्को बिरोध भएको थियो । उक्त बिरोध पस्चात पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ठाडो आदेश दिइ त्यस मन्दिरको निर्माण कार्य बन्द गराएका थिए । उक्त मन्दिरको सम्पन्न भैसकेको संरचनालाइ केहि बिधर्मी तत्वले तोडफोड गरि त्यहाँ नवाज समेत पढेका थिए ।
सोहि घटनाको बिरोधमा नेपाल बिश्व हिन्दु महासंघले आयोजना गरेको कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पुत्ला जलाइएको छ ।उक्त कार्यक्रममा सयौं युवा सहभागी भै चर्को नाराबाजी गरेका थिए । बिश्वका हिन्दु एक हौ , नेपाललाइ हिन्दु रास्ट्र घोषणा गर जस्ता विभिन्न नारा लगाउदै बिरगंजको घन्टा घरमा बिरोध कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपाल बिश्व हिन्दु महासंघका नगर , जिल्ला ,प्रदेश लगायत केन्द्रिय नेता सम्मको उपस्थित रहेको थियो ।उक्त कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषादले हाल नेपाल अन्तर्राष्ट्रिय राजनीतिक अखाडा बनि सकेको र नेपालमा पनि धर्म बिरोधि गतिविधि बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । वार्ड सदस्य , मेयर , सान्सद , मन्त्री , प्रधानमन्त्री र रास्ट्रपति समेत हिन्दु भएको देश नेपालमा हिन्दु नै असुरक्षित हुन थालेको आरोप समेत निषादले लगाउनु भएको छ ।
सोहि कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सचिव अभिषेक तिवारीले अहिले दक्षिण एसियाका अधिकान्श देशमा हिन्दु, बौद्ध , शिख विरुद्ध ठुलो षड्यन्त्र भैरहेको छ भने हिन्दुहरु विरुद्धको घटना बढदै गएको छ। त्यस्को एक उदाहरण हो पाकिस्तानको राजधानीमा हिन्दु मन्दिर तोडने घटना तर अफसोस हिन्दुहरुको लागी कुनै मानवअधिकार संघसंगठन छैन , सयुक्त राष्ट्रलाइ हिन्दु संग मतलब छैन। सबै भन्दा ठुलो बिडम्बना हिन्दु नै हिन्दुको अन्यायमा बोल्न डराउने गर्छन् र अब यो डराउने बानिको अन्त्य गरि धर्म रक्षाको लागी हिन्दु समजलाइ मैदानमा उत्रिन तिवारीले आग्रह गरेका छन् ।
यसैगरी नेपाल बिश्व हिन्दु महासंघका प्रदेश नम्बर दुइका अध्यक्ष बिशाल झाले हिन्दु समाज खोक्रो सेकुलर बन्न र मान्सिक डर छोडि हिन्दुत्वको रक्षा गर्न नसके आउदो भबिस्यमा पाकिस्तानी हिन्दुको जस्तै यहाँको हिन्दुको हाल हुने बताएका छन् ।
त्यस कार्यक्रममा मुकेश झा , ओम प्रकाश उपाध्याय,बिशाल तिवारी , मन्टु कुमार साह , खोभारी पटेल , बिन्देश्वर गिरि, योगेन्द्र शर्मा , मनोज पासवान , राजेन्द्र साह , सुरज रौनियार दिपेन्द्र चौधरी लगायतका ब्याक्तीहरुको उपस्तिथि रहेको थियो ।
त्यस बिरोध कार्यक्रम का दौरान नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।