” च्यानल ब्यान्डले मात्र अब्बल राष्ट्रवादी भइदैन , आत्मनिर्भर बनौ “

0
Quantam abroad studies

हिम-लाल गिरी (पारस) भारतले नेपाली भूभागलाई आफ्नो नक्साभित्र पारेको विषय नेपाल भारतको सम्बन्धमा खटपटी भइरहेको छ। विगत देखि नेपालप्रति उसको हेपाहा व्यवहारकै निरन्तरता हो भारतीय मिडियामा हाम्रो प्रधानमन्त्री केपि शर्मा ओलिको गलत टिप्पणी ।

फलस्वरूप नेपालमा भारतीय न्युज च्यानल बन्द भए तर भारतलाई सबैभन्दा ठूलो घमण्ड यसैमा छ कि उसले नाकामा सामान रोकिदियो भने नेपालीको चुल्हो बल्दैन। सरकारी विवरण अनुसार , पछिल्लो ५ वर्ष ३ महिनामा भारत सँग नेपालको व्यापार घाटा ३३ खर्ब ५३ अर्बभन्दा बढी छ । सो अवधिमा २ खर्ब १९ अर्ब रुपैयाँको वस्तु भारत निर्यात गर्दा भारत बाट नेपालले ३५ खर्ब ७३ अर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात गरेको छ । पेट्रोलियम पदार्थ देखि तरकारी सम्म, गाडी देखि साडी सम्म भारत सँगै किनेर उपभोग गर्नुपर्ने नियतिले नै भारतको हेपाह प्रवृती बढेको हो ।

भारतीय न्युज च्यानल मात्र बन्द गरेर राष्टवादी भइदैनौ आत्मनिर्भर र सबल बन्न सत्ता र पाटिको खेल बाट बाहिर निस्केर सरकार हरेक नेपालीले सोचौ!

तेल, पेट्रोल, डिजेल, जडिबुटी,आधुनिक कृषि र इलेक्ट्रीसिटी को उत्पादन गरि आत्मनिर्भर हुनु पर्छ नुन देखि सुन सिन्को देखि सियो आयात हुने यो देशमा बाझो जमिन मा डल्ला फोरेर उहीँ परंरागत कृषि पेसा गरेर पेट पाल्ने, अनि नसके भारत लगायत का मुलुकमा धाउने कहिलेसम्म??

आधुनिक बैज्ञानिक कृषि क्रान्ती गर्न कोरोनाले दिएको अवसरमा नेपाली जनताको को भुमिका के? सरकार अनुकुल बातवरण बनाइदिनु पर्दैन? अन्य बिकसित मुलुलमा जस्तै भारत सरकारले ‘आत्मनिर्भर भारत’ को लागि भारती २० लाख रुपैयाँ बराबरको प्याकेज रकम विनियोजन गर्यो भन्ने सुनिन्छ तर नेपाल सरकार का एजेन्डा र नीति के? त्यै भारत बाट आवश्यक बस्तु ल्याउने ?

अमेरीका मा ३-५ % ले कृषि गर्छन सबै जनतालाइ पुर्याउछन अनि हामी 70-80 % ले कृषि गर्ने आफैलाइ न पुर्याउने?

लाखौ युवालाइ भारत पठाउने , भारतको रेमिटान्सले अर्थब्यबस्था अडाउने , नेपालको अर्थव्यवस्था अत्यधिक भारतमुखी बनाउने अनि राष्ट्रवादको भजन कहिले सम्म गाउने ?

त्यसैले देशमा उत्पादनमूलक उद्योगको खाँचो, कृषि उत्पादन बढाउने , इन्धनको खोजमा तिव्रता उपभोगमा स्थानीय उत्पादनलाई प्रोत्साहन विद्युतीय र सौर्य सामग्रीको प्रयोगमा जोड,बायो डिजल उत्पादनमा जोड दिन ब्यक्ती एक्लैले होइन सरकारी निकायको साथमा हरेक नागरीक लाग्नु पर्छ , तब मात्र आत्मनिर्भर बन्न सकिन्छ , हरेक कुरामा आफुलाइ कम्युनिस्ट मलाई काग्रेंस उसलाइ समाजवादी देख्ने नजर बदल्नु आवश्यक छ । राजनीतिक पाटी भन्दा देशको स्वाधीनता ठूलो हो ।

तसर्थ बढी आयात हुने यस्ता उपजको सूची बनाई अबका दिनमा आत्मनिर्भर उन्मुख हुने गरी बजेटका कार्यक्रम बनाउनु जरुरी छ र नेपाल सरकारको आत्मनिर्भर कार्यक्रम मा हरेक नेपाली जनता लाग्न जरुरी छ। सरकारले कृषि र अन्य उत्पादन कार्यमा संलग्न हुने कृषकहरूको समूह उत्पादन समूह उधोग समुह, सहकारी, विषयगत संगठनहरू लाई सबलीकरण गरी धेरैभन्दा धेरै किसान उपभोक्त कर्ता उधमीलाई सरकारको आगामी कार्यदिशा बारे जानकारी गराउनुपर्दछ र सरकारले हरेक समूह किसान र जनता सबैको विस्वास जित्नु आवश्यक छ।

खाद्यवस्तु र अन्य सामाग्रीको को वार्षिक माग कति र सहरी क्षेत्रले मात्रै खपत गर्ने कृषि उपज र माग कति हो भन्ने कुराको छुट्टाछुट्टै तथ्यांक बनाई सोहीअनुसार उत्पादनको प्राथमिकता निर्धारण गर्न ढिलाइ गर्नुहुँदैन। निर्भर रहेका बाली, सामाग्रीको उत्पादनमा जोड बढाउनुपर्छ। यसका लागि हाल सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सगैं स्थानीय र प्रदेश सरकारले आफ्नो क्षेत्रमा प्रचूर मात्रामा उत्पादन हुने बालीका लागि विशेष कार्यक्रम लागू गर्नुपर्छ ।नत्र भोलिका दिनमा पहिलेको जस्तै भारतबाट आइहाल्छ नि भनेर ढुक्क भएर बस्न थालेउ भने अधिकाशं नेपाली भोकमरीको सिकार हुनुपर्नेछ र नेपाली शिर ठाडो पारेर जिउन पाउने छैनौ।

अनि अर्को कुरा हामी हरेक नेपालीले सोच्नुपर्ने विषय घर अगाडिको डिल बाँझै राखेर भारतबाट धनियाँ र लसुनसमेत किन्छौं भने हाम्रो सरकारले लिने राष्ट्रियताको अडान दरिलो नहुन सक्छ ।
जय नेपाल

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.