प्रधानमन्त्री संग ठोरी गाउँमा भब्य राम मन्दिर निर्माण गर्न नेपाल बिश्व हिन्दु महासंघको अनुरोध

0
Quantam abroad studies

काठमाडौं – असार २९ गते अतार्थ अदिकब भानुभक्तको जयन्तीका दिन प्रधानमन्त्री केपि शर्मा ओलि द्वारा भगवान् श्रीरामको जन्मभुमि अयोध्या सम्बन्धि दिइएको अभिव्यक्ति माथी नेपाल बिश्व हिन्दु महासंघको ध्यानाकर्षण भएको एक प्रेस बिज्ञयप्ति जारी जनाएको छ ।

प्रधानमन्त्री ओलि ले भगवान श्रीरामको भारतमा रहेको जन्मभुमि अयोध्या नक्कली रहेको र सक्कली जन्मभूमि नेपालको पर्सा जिल्लाको बिरगंज नजिक ठोरी गाउँ रहेको दाबी गरेका थिए । उन्ले भगवान श्रीराम नेपाली भएको र भारतले नेपाल माथी संस्कृतिक अतिक्रमण गरेको बताएका थिए । नेपाल बिश्व हिन्दु महासंघले बिज्ञयप्ती जारी गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको ठोस प्रमाण दिन र यदि यो कुरा सत्य हो भने बिश्वका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेका भगवान श्रीरामको जन्मभूमिमा भब्य राम मन्दिर निर्माण गर्नका लागी आवस्यक बजेट तर्जुमा गर्न अनुरोध गरेको छ ।

sahani furniture udyog

पत्रकार संग बोल्दै महासंघका केन्द्रिय सचीव अभिषेक तिवारीले प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता छ भने ठोस प्रमाण दिनुपर्ने हो किनभने यदि नेपालको ठोरी गाउँ नै भगवान श्रीरामको जन्मभुमि हो भने सम्पूर्ण नेपालीको लागी गर्बको कुरा हुने जानकारी गराउनु भयो ।

तर यदि उहाँले प्रमाण दिन सक्नु भएन भने प्रधानमन्त्रीले भारत र नेपाल को हिन्दु बिचको सदियौ देखीको सम्बन्ध तोडने र धार्मिक द्वन्द्व फैलाइ सनातन बैदिक धर्म माथी प्रहार गरेको सहजै बुझन सकिने तिवारीले बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.