पौडी खेल्ने बालकको डुबेर निधन

0
Quantam abroad studies

२८ असार

नवलपरासी पश्चिममा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

sahani furniture udyog

जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही बस्ने अलाउदिन अन्सारीको १० बर्षिय छोरा आईतवार दिउँसो सोही ठाँउ बस्ने हनिफ मियाँको गोठ पछाडी जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए। पानीमा डुबेर घाइते भएका बालकलाई उपचारको लागी शहिद स्मृती सामुदायिक अस्पताल चौपता लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

यसै गरी प्रतापपुर गाउँपालिका २ सोनबर्षा गाउँको खजुरा खोलामा एक वर्षीय बालकको शव फेला परेको छ। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.