धीरज काेरी , २८ असार
कपिलवस्तु काे महाराजगन्ज नगरपालिका सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
महाराजगन्ज नगरपालिकाकाे आयाेजना र कपिलवस्तु पत्रकार महासंघ कपिलवस्तुकाे सहकार्यमा आर्थिक बर्ष २०७६ सालकाे याेजना , कार्यक्रमहरुके कस्तो तरिका बाट खतम गरिएको छ । महाराजगन्ज नगरपालिकामा विगतकाे बर्षमा के के गल्ती भयो , के के राम्रो काम गरियो समिक्षा समेत सुनुवाइ कार्यक्रम मा गरिएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनसमुदायले प्रश्न साेध्नु भएकाे थियाे भने,जनप्रतिनिधि र सम्वन्धित निकायले जवाफ दिनुभएको हाे । कार्यक्रममा सामाजिक दुरि कायम गर्दै सञ्चालन गरिएको थियोे ।
महाराजगन्ज नगरपालिका कपिलवस्तुकाे नगरपालिकामा पछि रहेको हुनाले नगरपालिकालाई कसरी अगाडि बढ्उने , कस्तो काम गर्दा , के के कमीकमजोरी छ , अब आउने बर्षमा कसरी काम गर्ने बारे सार्वजनिक सुनुवाइ कार्यक्रममा कुराकानी र छलफल गरिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रम नगर प्रमुख अब्दुल कलाम खाकाे अध्यक्ष्तामा र कार्यक्रमकाे संचालन बसन्त बन्जाडे र सनिउल्ला धाेबी मिलेर गर्नु भएको थियोे ।
सार्वजनिक सुनवाइ कार्यक्रममा नगर प्रमुख अब्दुल कलाम खान , नगर उपप्रमुख सुभवाती कुर्मी , लेखा अधिकृत दिलीप कुमार सिंह , महाराजगन्जका सशस्त्र प्रहरी निरीक्षक धाेद विक्रम शाही , ईलाका प्रहरी कार्यालयका हाेम बहादुर पुन , विभिन्न शाखाका प्रमुख , वडाका अध्यक्षहरु , वडाका सदस्यहरु , संघसंस्थाका प्रतिनिधि , समाजसेवी हरु , प्रहरी , संचारकर्मी , विद्यार्थी , आम व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।