मष्टा गाउँपालीका वडा नम्बर ३ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

जिल्लाकाे मष्टा गाउपालीका वडा नम्बर ३ काे सार्वजनिक सुनुवाइ भएको छ ।

गाउँपालीकाकाे वडा नम्बर तिनले अार्थिक बर्ष २०७६/०७७ काे बार्षक बजेट तथा सम्पन्न भएका याेजनाहरुकाे आज सुनुवाइ गरेकाे हाे ।

वडा नम्बर ३ कार्यालयले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम मा वडा अध्यक्ष टेक बहादुर कठायतकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रमका प्रमुख अतिथि मष्टा गाउँपालीका अध्यक्ष कर्ण बहादुर कठायत बिशिस्ट अतिथि नेपाल कम्युनिस्ट पाटी मष्टा गाउँकमिटि अध्यक्ष धर्मराज बाेहरा बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका सभापति जाेग धामी गाउँपालीका सदस्य कलु देवि खड्का एकीकृत विकास मञ्चका अध्यक्ष धर्मराज खड्का लगाएत जनप्रतिनिधि पत्रकार सुरक्षाकर्मी , वडा भित्रका आम जनसमुदायहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।

sahani furniture udyog

आज गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नम्बर ३ का सचिव महेशराज जाेशीले वडा कार्यालयकाे विकास आज सम्मकाे आयव्याय प्रस्तुत गर्नुभएको थियाे भने कार्यक्रममा साहारा नेपाल बझाङ बाट गएका दिनेश राेकाया ले त्याहाकाे पाेटकल, लगाएत वडाले गरेका कार्यकाे विषयमा लिएकाे विवरण प्रस्तुत गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण पत्रकार उत्तम थापाले गरेका थिए ।

मष्टा गाउँपालीका वडा नम्बर ३ कार्यालयले गरेकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा १५ जना जनसमुदायले प्रश्न साेध्नुभएकाे थियाे भने , जनप्रतिनिधि र सम्वन्धित निकायले जवाफ दिनुभएको हाे । जनसमुदायकाे सामाजिक दुरि कायम गर्दै सञ्चालन गरेकाे सुनुवाइ कार्यक्रममा स्वास्थ्य सेक्टरमा जनतालाई राम्रो सेवा प्रवाह गरेकाे भन्दै अनमि बसन्ती कुमारी धामिलाई दाेसल्ला र प्रमाण पत्रले सम्मान गरेका हुन भने वडा कार्यालयलाई सेवामा चुस्त दुरुस्त गरेकाे भन्दै वडाका कार्यालय सहयाेगी वडाकाे कामहरु राम्रो गरेकाे भन्दै बिस्न बहादुर सार्कीलाई गाउँपालीका अध्यक्ष कर्ण बहादुर कठायत र वडा अध्यक्ष टेक बहादुर कठायतले सम्मान गर्नुभएको हाे ।

यसरी वडा कार्यालयले जनतासामु सुसासन पारदर्शी र जनताविच अन्तरक्रिया कार्यक्रम गरेकाे हुदा सबै वडा बासिले खुसि व्याक्त गरेका हुन अन्य सबै स्थानीय तहले पनि यसैगरी सार्वजनिक सुनुवाइ गर्नुपर्ने जनताको आवाज रहेको थियाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.