पत्रकार उत्तम थापाकाे पहलमा हेम एण्ड माया फाउँन्डेसनको आयोजनामा १ लाख ४० हजारको बाढीपीडितलाई राहत हस्तान्तरण ,

0
Quantam abroad studies

दिपा बाेहरा , बझाङ सुदुरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङको केदारस्यू गाउँपालीकाको मल्लेसीमा राहत वितरण गरिएको छ ।

मौषम परिर्वतनका कारण भारी बर्षाले गर्दा जिल्लाको केदारस्यु गाउँपालीकाको मल्लेसीमा यहि १९ गते राती करिव १२ बजे गाउँको माथीवाट आएको पहिरोले २० घर वगाएको थियो । यसै समयमा पत्रकार उत्तम कुमार थापा दिपेन्द्र धामी इजराईल बाट पवित्रा गौतम अमेरीका बाट हेम थापाको विशेष पहलमा आज १ लाख ४० हजारको राहत हस्तान्तरण गरिएको हो ।
बाढीपहिरोले गाउँको घर बगाएर गाउँनै बिच्चली पारेपछि पत्रकार उत्तम कुमार थापाले विशेष पहल थालेका थिए ।

जसमा हेम थापाले अमेरीका वाट ५० हजार पवित्रा गौतमले इजराईल बाट १० हजार दिपेन्द्र धामीले व्याङरोल बाट ५ हजार यशु थापा बेल्जियम बाट ५ हजार झकिन्द्र खतिवडा इजरायल बाट ५ हजार सबिना बस्नेत इजरायल बाट १०० डलर इन्द्रीरा बस्नेत इजरायल बाट ५ हजार कमल भट्टराई इजरायल बाट ३ हजार खुसी राइ कुवेत बाट ५ हजार अम्बिका कार्की थापा इजरायल बाट ५ सेकेल युरित बन्जाबी इजरायल बाट ५० डलर मिना चौलागाईं कुवेत बाट ४ हजार ओमकार ईन्डिया गोहा बाट ५ हजार लगाएत अन्य सहयोगी दाजुभाई दिदिबहीनीले गरेको सहयोगले ठुलो खुसि छाएको छ ।

हेम एण्ड माया फाउन्डेसन नेपालकाे अायाेजनामा अाज केदारस्यु गाउँपालीका वडा नम्बर ८ का पिडित परिवारलाई एक लाख चालीस हजारकाे राहत ,३० कट्ठा चामल ,४० वटा कम्मल , ४० वटा म्याटहरु र ४० कट्टा पिठो पिडित परिवार लाई अाज पत्यक्ष हस्तान्तरण गरिएको हाे । अमेरीका र ईजराईलमा रहनुभएका हेम थापा र पवित्रा गाैतमले यस अघि धेरै लाई लाखौंलाखकाे सहयाेग गर्दै अाएका थिए ।

राहत लिन वडा नम्बर ८ झाेतामा अाईपुगेका जनसमुदायले भने,तपाईं लगाएत सबै सहयाेगी हातहरुलाई धेरै धेरै धन्यवाद दिनचाहान्छु । हामीलाई बाढिले बगाउदा कराेडाैकाे नाेक्सानी भएको छ । अब तपाईंहरुले खानकाे लागि खाद्यान्न ल्याउनु भएको हुदा खुसी व्याक्त गर्दछाै । अागामी दिनमा सहयाेग गर्न चाहाने महानुभावहरुलाई अब हामीले खाता खाेलेका छाै खातामा सहयाेग गर्न अनुराेध साथै ,स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकार लगाएत सबै सहयाेगी हातहरुले नगद हस्तान्तरण गरेर,बस्ती व्यावस्थापन गरिदिए खुसी नै हुने एक स्थानीय बासिले बताएका ।

मल्लेसीमा यहि १९ गते रागि १२ बजे गएको बाढी पहिराेले २० घर बगाउदा ७ जनाकाे मृत्यु भएको थियाे । एक सय बढी चाैपाया र कराेडाैकाे नाेक्सानी र धनजनको ठुलाे क्षेती भएको हुदा उनिहरु भन्छन । अब हाम्रो बस्तिलाई व्यावस्थापन गरिदिन अनुराेध गरिएकाे छ । राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गणेश बाेहरा , लगाएत जनसमुदायहरु रहेका थिए । अध्यक्ष बाेहराले भने स्थानीय सरकार लागिपरेको बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.