कालीगण्डकी गाउँपालिका गुल्मीले छोरी जन्मदा प्रोत्साहन स्वरुप रु ५ हजार दिने

0
Quantam abroad studies

अमृत भट्टराई , बिहादी/ पर्वत गुल्मीको कालीगण्डकी गाउँपालिकाले छोरी जन्मियमा रु ५ हजार प्रोत्साहन स्वरूप प्रदान गर्ने भएको छ। गाउँपालिकाले गाउँ सभा बाट यो नयाँ नीति तथा कार्यक्रममा कालीगण्डकी गाउँपालिकामा छोरी जन्मिँदा प्रोत्साहन स्वरुप रु ५ हजार दिने निर्णय गरेको हो ।
अझै पनि समाजमा छोरी जन्मिँदा दुखी हुनेहरूको कमी नरहेको भन्दै कालीगण्डकी गाउँपालिका कि उपाध्यक्ष तारा थापाले छोरा छोरी दुवै बराबरी हुन भन्ने चेतना समाजमा विकास गर्न गाउँपालिकाले थप नयाँ कार्यक्रम समेत संचालन गर्ने गाउँ सभामा बताउनुभयो ।

sahani furniture udyog

थापाले भन्नुभयो छोरी लक्ष्मीको रूप भएकाले छोरी जन्मिँदा झनै खुशी हुनुपर्छ छोरीले आज देश नै सञ्चालन गरिरहेको बेला छोरीलाई घृणा होइन माया गरेर राख्न पर्ने बताउनु भयो ।

कालीगण्डकी गाउँपालिका ले गएको ७६/७७ को निति तथा कार्यक्रममा एक घर एक करेसा वारि कार्यक्रम लिआएको थियो त्यो कार्यक्रम निकै प्रभावकारी बनेको गाउँपालीका अध्यक्ष बेद थापा मगरले जानकारी दिनुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.