सदाबहार मिडिया प्राली औपचारिक रुपमा बिहिवारबाट सुरुवात

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र

सुनसरीको बराहक्षेत्र नगरलाई कार्यक्षेत्र बनाई स्थापित सदाबहार मिडिया प्राली आज (बिहिवार)बाट औपचारिक रुपमा कार्य संचालनमा आएको छ।

sahani furniture udyog

१ नम्बर प्रदेश सुनसरीको बराहक्षेत्र नगरपालिकामा मुख्य कार्यलय रहेको प्रालीले आज(बिहिवार)बाट नियमित रुपमा कार्य गर्ने प्रालिका अध्यक्ष एवं प्रधानसम्पादक बिजयकुमार राउतले बताए। राउतका अनुसार मिडिया हाउसले सदाबहार न्युजको अनलाइन पोर्टल, मासिक पत्रीका, अनलाइन टिभी र बराह खबर राष्ट्रिय दैनिक पत्रीका संचालनमा ल्याउनेछ। सदाबहार न्युज डट कमको अनलाइन समाचारको प्रकाशन सुरु भैसकेको भएपनी प्राबिधिक कारणबश अन्य माध्यमहरु छिट्टै आउने राउतको भनाई छ।

विकास, परिवर्तन तथा समृद्धिका लागि संञ्चारमा रहेर सत्यतथ्य स्थानीय सुचना र समाचारलाई प्राथमिकतामा राखी सम्बन्धित निकायसम्म पुर्‍याउने जिम्मेवारी मिडिया हाउसको भएकाले आफुहरु पछि हट्न नसक्ने मिडिया नेपाल १ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका राउतले बताए।

राउतले थपे, कोरोना भाइरस र यसबाट सिर्जित समस्या कम भएपछि औपचारिक उदघाटन गरिनेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.