वडा अध्यक्षको कार्य कक्षमा तालाबन्दी

0
Quantam abroad studies

शुभ नारायण यादव , श्रावण १

सप्तरी – जिल्लाको सुरुङ्गा नगरपालिका – ५ को वडा अध्यक्षको कार्य कक्षमा बनिगामाका स्थानियवासीहरुले अश्चितकालीन तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवाग्राहीहरु मरमा परेका छन् ।

वडा अध्यक्ष अरहुलिया देवी पासवानले विकासिय बजेटमा व्यापक भेदभाव गरेको भन्दै बनिगामाका स्थानियवासीहरु ले वडा कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका हुन । हामीहरुको माँग पुरा नभए सम्म तालाबन्दी जारी रहने स्थानिय दुर्गा प्रसाद चौधरीले जानकारी दिनुभयो ।
गाँउमा आरसिसि ढलानका लागि बारम्बार वडा अध्यक्ष पासवानलाई आग्रह गर्दा समेत वडा अध्यक्षले पासवानले वेवस्ता गरेका कारण बाध्य भएर वडा कार्यलयमा तालाबन्दी गर्नु परेको समाज सेवी देवकी चौधरीले बताईन । वडा अध्यक्ष मोम्हद सिल्टु मियाँलाई केहि महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित प्रक्राउ गरेपछि मियाँ स्थानमा वडा सदस्यमा निर्वाचित अरहुलिया देवी पासवानले वडा अध्यक्षको कार्यभार समाल्दै आएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.